२०८३, आश्विन २० गते

images

जापान चुनाव : सरकारले गुमायो बहुमत

जापान चुनाव : सरकारले गुमायो बहुमत

सीएनएन खबर
सोमवार, श्रावण ५ २०८२१०:४१
सीएनएन खबर
सोमवार, श्रावण ५ २०८२१०:४१
  • images

    काठमाडौँ । जापानमा आइतबार भएको चुनावमा वर्तमान सरकारले बहुमत गुमाएको छ। निर्वाचनमा सत्तारुढ गठबन्धनले संसद्‌को माथिल्लो सदनमा बहुमत पाउन नसकेको हो। 

    यसले प्रधानमन्त्री सिगेरु इसिबाको राजनीतिमा चुनौती थपेको छ। लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को नेतृत्वमा रहेको गठबन्धनले २४८ सदस्यीय माथिल्लो सदनमा केवल ४७ सिट मात्र पाएको हो। जुन बहुमतका लागि ५० सिटभन्दा कम हो। 

    जापानको संसदीय प्रणालीमा तल्लो सदनलाई बढी शक्तिशाली मानिन्छ। यसमा पनि सत्तारुढ गठबन्धनले गत वर्ष अक्टोबरमै बहुमत गुमाइसकेको छ। यद्यपि प्रधानमन्त्री इसिबाले आफू पदमा रहने बताएका छन्। उनले अमेरिकासँगको प्रस्तावित व्यापार सम्झौतालाई यसको कारणको रूपमा उल्लेख गरेका छन्।

    इसिबाले भने, ‘जापानले अगस्ट १ सम्ममा अमेरिकासँगको व्यापार सम्झौतालाई अन्तिम रूप दिनुपर्छ। यो मेरो प्राथमिक जिम्मेवारी हो।’

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend