२०८३, आश्विन २० गते

images
  • विश्व
  • बंगलादेशमा विद्यालयमा विमान खस्दा मृत्यु भएकाको...

बंगलादेशमा विद्यालयमा विमान खस्दा मृत्यु भएकाको संख्या २७ पुग्यो

बंगलादेशमा विद्यालयमा विमान खस्दा मृत्यु भएकाको संख्या २७ पुग्यो

सीएनएन खबर
मंगलवार, श्रावण ६ २०८२१२:४८
सीएनएन खबर
मंगलवार, श्रावण ६ २०८२१२:४८
  • images

    काठमाडौँ । बंगलादेश वायुसेनाको विमान दुर्घटनामा मृत्यु भएकाको संख्या २७ पुगेको छ। बीबीसी बंगलाका अनुसार,बंगलादेशका स्वास्थ्य मामिला सम्बन्धी प्रमुख सल्लाहकारका विशेष सहायक सैदुर रहमानले विमान दुर्घटनामा अहिलेसम्म २७ जनाको मृत्यु भएको पुष्टि गरेका हुन्। 

    मृतकमा २५ बालबालिका, एक पाइलट र एक शिक्षक छन्। सोमबार बंगलादेशको राजधानी ढाकास्थित माइलस्टोन स्कुल एन्ड कलेजको भवनमा बंगलादेशी वायुसेनाको ट्रेनर विमान खस्दा उनीहरूको मृत्यु भएको हो। 

    दुर्घटनामा ७८ जना घाइते भएका छन्। उनीहरूको उपचार विभिन्न अस्पतालमा भइरहेको छ। विमान दुर्घटनाका कारण बंगलादेशको अन्तरिम सरकारले आज राष्ट्रिय शोक घोषणा गरेको छ।

    माइलस्टोन कलेजका लेक्चरर रेजाउल इस्लामले बीबीसी बंगलालाई बताएअनुसार पढाइ सकेर बिदा हुनै लागेका बेला विमान कलेज भवनमा खसेको थियो। 

    उनले भने, ‘एउटा लडाकु विमान सिधै भवनमा ठोकियो। अनि नर्सरी र जुनियर सेक्सनका धेरै कक्षामा बजारियो। स्कुलको गेट पूर्ण रूपमा ध्वस्त भयो र आगो लाग्यो।’

    अन्तर-सेवा जनसम्पर्क (आईएसपीआर) ले जारी गरेको विज्ञप्तिअनसार सोमबार दिउँसो १:०६ बजे (स्थानीय समय) उडेको विमान केही समयपछि नै नियन्त्रण गुमाउँदै खसेको थियो।

    उडेको केही समयपछि नै विमानमा प्राविधिक गडबडी देखिएको थियो। त्यसपछि पाइलटले दुर्घटना नहोस् तथा भइहाले पनि घनाबस्तीमा नपरोस् भनेर प्रयास गर्दागर्दै विमान पढाइ भइरहेको विद्यालय तथा क्याम्पसको भवनमा खसेको आईएसपीआरले जनाएको छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend