२०८३, आश्विन २० गते

images
  • समाचार
  • पेट्रोलियम पदार्थको आयातमा १ वर्षमै बाहिरियो...

पेट्रोलियम पदार्थको आयातमा १ वर्षमै बाहिरियो सवा ३ खर्ब

पेट्रोलियम पदार्थको आयातमा १ वर्षमै बाहिरियो सवा ३ खर्ब

मंगलवार, श्रावण ६ २०८२०५:२३
मंगलवार, श्रावण ६ २०८२०५:२३
  • images

    काठमाडौँ । एक वर्षको अबधिमा पेट्रोलियम पदार्थको आयातमै सवा ३ खर्ब नेपाली रुपैयाँ बाहिरिएको छ । 

    भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/८२ मा नेपालले उक्त रुपैयाँ बराबरको पेट्रोलियम पदार्थको आयात गरेको हो । नेपालले एक वर्षमा गरेको निर्यातभन्दा झन्डै ५० अर्ब बढीको रुपैयाँ पेट्रोलियम पदार्थको आयातमै बाहिरिएको हो । 
     
    भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकलाई आधार मान्दा नेपालले गत आवमा कुल २ खर्ब ७७ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । तर, त्यहि अवधिमा नेपालले विभिन्न देशबाट खासगरी भारतबाट ३ खर्ब २५ अर्ब रुपैयाँ बढीको पेट्रोलियम उपजहरु आयात गरेको देखिन्छ । यो नेपालको कुल निर्यातको तुलनामा ४९ अर्ब ११ करोड रुपैयाँ बढी हो ।

    यस अवधिमा नेपालले १ खर्ब २८ अर्ब रुपैयाँ बराबरको डिजेलमात्रै आयात गरेको छ । नेपालले गत आवमा कुल १४ लाख ६६ हजार किलोलिटर डिजेल खपत गरेको भन्सार विभागले जानकारी दिएको छ ।

    विभागका अनुसार यसै अवधिमा नेपालले ६४ अर्ब १२ करोड रुपैयाँ बराबरको ७ लाख ४६ हजार किलोलिटर पेट्रोल र ४८ अर्ब ७६ करोड रुपैयाँ बराबरको ५५ करोड ४६ लाख किलो खाना पकाउने ग्याँस आयात गरेको देखिन्छ ।

    नेपालको व्यापारघाटामा धेरै प्रभाव पार्ने पेट्रोलियम पदार्थको आयात घटाउन सरकारी तवरबाट विभिन्न तयारी र सोहीअनुसारका कदमहरु चालिएपनि त्यसले प्रभाव नपारेको तथ्यांकहरुले देखाउँछन् । यस्तै पछिल्लो समय पेट्रोलियमको खपत घटाउँदै व्यापारघाटा न्यूनीकरण गर्नका लागि जलविद्युतको उत्पादन, खपत र प्रयोग बढाउने योजनाहरु लगातार सार्वजनिक गरिँदै आएको छ ।

    सरकारले खाना पकाउने ग्याँस प्रतिश्थापन गर्नका लागि इन्डक्सन चुल्होलाई प्राथमिकता दिने, विद्युतीय गाडीहरुको प्रयोग बढाउनेलगायतका क्रियाकलापमा अग्रसरता देखाएपनि पेट्रोलियम पदार्थको आयातमा यस्ता क्रियाकलापले तात्विक फरक नपारेको यसको आयातका तथ्यांकले देखाउँछन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend