२०८३, आश्विन २१ गते

images

साताको अन्तिम दिन सेयर बजार सामान्य अंकले उकालो, १८ अर्बभन्दा बढीको कारोबार

साताको अन्तिम दिन सेयर बजार सामान्य अंकले उकालो, १८ अर्बभन्दा बढीको कारोबार

बिहिवार, श्रावण ८ २०८२०३:२६
बिहिवार, श्रावण ८ २०८२०३:२६
  • images

    काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार सामान्य रूपमा हरियाली देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४ अंकले बढेर २,९८३ बिन्दुमा पुगेको छ।

    आजको कारोबारमा १२३ कम्पनीको सेयर मूल्य बढ्दा १२७ कम्पनीको मूल्य घटेको छ। नेप्से सूचक सामान्य वृद्धि देखिए पनि बजारमा कारोबार भने उल्लेख्य रूपमा बढेको देखिएको छ।

    नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार ३२८ कम्पनीका ३ करोड कित्ता सेयर किनबेच भएका छन्। जसअनुसार कुल कारोबार रकम १८ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ।

    सबैभन्दा धेरै कारोबार राधी विद्युत कम्पनीको भएको छ। राधीको कारोबार ७७ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, न्यादी ग्रुपको ७१ करोड, ग्रीन भेन्चरको ६६ करोड, लुम्बिनी विकास बैंकको ५४ करोड र हिमालयन रिइन्स्योरेन्सको ५१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

    यस्तै, आज ४ कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। ती कम्पनीहरूमा ग्रीन भेन्चर, ट्रेड टावर, सान्भी इनर्जी र स्वीट गंगा हाइड्रो रहेका छन्।

    बजार विश्लेषकहरूका अनुसार उच्च कारोबार दरले लगानीकर्ताको चासो अझै पनि कायम रहेको संकेत दिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend