२०८३, आश्विन २१ गते

images
  • अर्थतन्त्र
  • मन्त्रालयले प्रशासकीय अधिकृतलाई हाजिरमा बाधा नगर्न...

मन्त्रालयले प्रशासकीय अधिकृतलाई हाजिरमा बाधा नगर्न गरायो ध्यानाकर्षण

मन्त्रालयले प्रशासकीय अधिकृतलाई हाजिरमा बाधा नगर्न गरायो ध्यानाकर्षण

शुक्रवार, श्रावण ९ २०८२०१:२७
शुक्रवार, श्रावण ९ २०८२०१:२७
  • images

    काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा खटाइएका प्रमुख प्रशासकीय अधिकृतहरूलाई हाजिरीमा अवरोध नगर्न सम्बन्धित पालिकाहरूको ध्यानाकर्षण गराएको छ।

    मन्त्रालयले सार्वजनिक गरेको विज्ञप्तिमा दरबन्दीअनुसार प्रमुख प्रशासकीय अधिकृत नहुँदासम्म स्थानीय तहकै वरिष्ठ कर्मचारीलाई जिम्मेवारी दिने व्यवस्था कायम रहेको स्मरण गराउँदै मन्त्रालयबाट जिम्मेवारीसहित पठाइएका अधिकृतलाई सहज रूपमा कार्य सम्पादन गर्न दिनुपर्ने स्पष्ट पारेको छ।

    कतिपय पालिकाहरूले मन्त्रालयबाट खटाइएका अधिकृतहरूलाई हाजिर गराउन असहयोग गर्ने, वा काममा अवरोध पुर्‍याउने जस्ता गतिविधि हुन थालेपछि मन्त्रालयले औपचारिक ध्यानाकर्षण गराएको हो।

    मन्त्रालयका अनुसार प्रमुख प्रशासकीय अधिकृतहरू स्थानीय तहमा प्रशासनिक सञ्चालन, बजेट कार्यान्वयन, विकास योजना, मानव संसाधन व्यवस्थापन लगायतका विषयमा प्रमुख भूमिका निर्वाह गर्ने संवैधानिक व्यवस्था अनुसार पठाइएका हुन्।

    मन्त्रालयले स्थानीय सरकारलाई समन्वयकारी र सहयोगी वातावरण बनाउन आग्रह गर्दै संघीयताको भावना विपरीत हुने कार्य नगर्न चेतावनी पनि दिएको छ।

    sanghiya-bigyapti.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend