२०८३, आश्विन २१ गते

images

चितवनबाट सुरु भयो लोडसेडिङ, दैनिक ६ घण्टा बिजुली जाने(तालिकासहित)

चितवनबाट सुरु भयो लोडसेडिङ, दैनिक ६ घण्टा बिजुली जाने(तालिकासहित)

शनिवार, श्रावण १० २०८२०९:११
शनिवार, श्रावण १० २०८२०९:११
  • images

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले दैनिक ६ घण्टा लोडसेडिङको तालिका सार्वजनिक गरेको छ । अत्यधिक गर्मी र रोपाईंको समयमा आकाशे पानी नपरेकाले सिँचाइ ग्राहकको लोड बढ्न गएको भन्दै भोलि (साउन ११) देखि लागु हुनेगरी लोडसेडिङ तालिका सार्वजनिक गरिएको हो ।

    वितरण केन्द्र चनौली अन्तर्गत पर्ने नारायणी-माडी, मेघौली-विजयनगर-शुक्रनगर र जगतपुर-रामपुर फिडरहरूमा लोडसेडिङ हुने भएको हो । वितरण केन्द्रले जनाए अनुसार, भरतपुर १३२ / ३३ के. भि. सब स्टेशनबाट आउने ३३ के. भि. डग कन्डक्टर तारमा ३०० एम्पिएर भन्दा बढी विद्युत् प्रवाह गर्न नमिल्ने ( क्षमताले नधान्ने) अवस्था रहेको छ ।

    तर, अहिले विद्युत् माग बढेर सो तारमा ४५० एम्पिएरसम्म विद्युत् प्रवाह हुँदा लोड धान्न नसकेको वितरण केन्द्रले सूचनामार्फत जनाएको छ ।
    कहाँ कतिबेला लोडसेडिङ ?

    १. नारायणी-माडी फिडरहरू : बिहान ६:०० देखि ९:०० र दिउँसो ३:०० देखि ६:०० बजेसम्म ।

    २. मेघौली-विजयनगर–शुक्रनगर फिडरहरू : बिहान ९:०० देखि १२:०० र बेलुका ६:०० देखि ९:०० बजेसम्म ।

    ३. जगतपुर-रामपुर फिडरहरू : दिउँसो १२:०० देखि ३:०० र बेलुका ९:०० देखि १२:०० बजेसम्म ।

    Chanauli.jpg
    undefined

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend