२०८३, आश्विन १९ गते

images

श्रीमतीको हत्या गर्ने श्रीमान् प्रहरी नियन्त्रणमा

श्रीमतीको हत्या गर्ने श्रीमान् प्रहरी नियन्त्रणमा

आइतवार, श्रावण ११ २०८२१०:३७
आइतवार, श्रावण ११ २०८२१०:३७
  • images

    काठमाडौँ । घरमा राखिएको काठको खुट्टा प्रहार गरी सुर्खेतमा  श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् ।

    गए राति वीरेन्द्रनगर नगरपालिका–१३ सुर्खेत सुगरखोलास्थित ४२ वर्षीय दानसिंह ठाडामगरले ४१ वर्षीया श्रीमती रविनालाई सुतिरहेको अवस्थामा खाटको खुट्टा बनाउन राखेको काठ टाउको प्रहार गरी घटनास्थलमा हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं मोहनजङ्ग बुढथापाले जानकारी दिए ।

    रबिनाको घटनास्थलमा नै मृत्यु भएको भनीे स्थानीयले अस्थायी प्रहरी बिट कहरेखोलामा खबर गरेपश्चात तत्काल प्रहरी त्यहाँ पुगेर हत्या गर्ने ठाडामगरलाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएका ठाडामगरको थप अनुसन्धानको भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend