२०८३, आश्विन २१ गते

images

अहिले नयाँ बैंक खोल्न लाइसेन्स दिन सकिन्न : डेपुटी गभर्नर ढुंगाना

अहिले नयाँ बैंक खोल्न लाइसेन्स दिन सकिन्न : डेपुटी गभर्नर ढुंगाना

आइतवार, श्रावण ११ २०८२०३:२१
आइतवार, श्रावण ११ २०८२०३:२१
  • images

    काठमाडौं । नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगानाले हालको परिस्थितिमा नयाँ बैंक स्थापना गर्न लाइसेन्स दिन नसकिने स्पष्ट पार गरेकी छन्।

    राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बैंकिङ क्षेत्रको वर्तमान अवस्था, मर्जर प्रवृत्ति र नियामक प्राथमिकतालाई ध्यानमा राख्दै नयाँ बैंक खोल्ने निर्णयमा राष्ट्र बैंक तत्पर नरहेको बताइन्।

    उनले भनिन्, “२ वर्षअघि गरिएको अध्ययन अनुसार १५ देखि १८ वटा वाणिज्य बैंक पर्याप्त हुने निष्कर्षमा पुगेका थियौँ। अब त्यसलाई मिचेर नयाँ लाइसेन्स दिनु उपयुक्त हुँदैन। कुनै पनि निर्णय तथ्य र आधारमा टेकेर मात्रै लिइन्छ।”

    ढुंगानाका अनुसार हालै बैंकहरूबीच मर्जको लहर चलेको छ, कतिपय संस्थाहरूले आन्तरिक समस्याहरूको सामना गरिरहेका छन्, र विगतमा नै बैंकहरूको संख्या घटाउने नीति अपनाइएको थियो। यस्तो अवस्थामा राष्ट्र बैंकले पुनः नयाँ संस्थाको अनुमतिपत्र वितरण गर्ने हतारो नगर्ने बताइन्।

    उनले राष्ट्र बैंक अस्वस्थ प्रतिस्पर्धा चर्किन नदिने उद्देश्यका साथ पनि सावधानीपूर्वक अघि बढिरहेको जनाइन्। बैंक मर्जर, वित्तीय स्थायित्व सुदृढीकरण, भुक्तानी प्रणाली सुधार, पुँजी वृद्धिलगायतका क्षेत्रमा केन्द्रित रहेर काम भइरहेको उनले बताइन्।

    डिजिटल बैंकको सन्दर्भमा उनले सम्भाव्यता अध्ययनपछि मात्र निर्णय लिइने स्पष्ट पारिन्। “बजेटमा डिजिटल बैंकको कुरा आएको छ, हामी सकारात्मक छौँ तर निर्णय अध्ययनपछि मात्र हुन्छ,” उनले भनिन्।

    कोभिड महामारी र पछिल्ला अन्तर्राष्ट्रिय आर्थिक अस्थिरताको असरले नेपाली अर्थतन्त्रमा असर परेको स्वीकार गर्दै उनले पछिल्लो समय सुधारको संकेत देखिन थालेको बताइन्। आर्थिक सूचकहरू क्रमशः सकारात्मक दिशातर्फ उन्मुख छन् भन्ने उनको भनाइ थियो।

    राष्ट्र बैंक हाल मर्ज, नियमन र वित्तीय समावेशिताको सन्तुलित प्रवर्द्धनमा केन्द्रित रहेको उनको भनाइ छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend