काठमाडौँ। योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा नेपाल बार एसोसिएशन औपचारीक रूपमाआवद्ध भएको छ।
आइतबार काठमाडौँमा एक कार्यक्रमका बीच सा्झौता पत्रमा हस्ताक्षर भएको हो। उम्त सम्झौतासँग नेपाल बारमा आवद्द कानुन व्यवसायी कोषमा आवद्धको बाटो खोलेको हो।
नीजी क्षेत्रमा कार्यरत श्रमिललाई योगदानमा आवद्द हुनुपर्नै लबिङ गर्दै आएका कानुन व्यवसायी बल्ल कोषमा आवद्द हुने बाटो खुलेको हो ।
सो सम्झौता पश्चात् औपचारीक र अनौपचारीक रूपमा कोषमा आवद्द हुन पाउने कोषका कार्यकी निर्देशक कविराज अधिकारीले जानकारी दिए।
उनले हाल ल फम सञ्चालन गर्दै आएका कानुन व्यवसायी कोषमा आवद्ध भएर नियमित रूपमा आवद्ध हुन सक्ने तथा अनौपचारीक रूपमा कोषमा आवद्ध भएर फ्रिल्यान्सरका रूपमा रकम जम्मा गर्न पाउनेछन्।
नेपाल बारका महासचिव बरिष्ट अधिबक्ता केदार कोइरालाले कोषमा आवद्द भएर के हुन्छ भन्नेहरूका लागि कोषले कोखदेखि शोकसम्म सुविधा पाइने बताए।

