काठमाडौँ । नेपालमा कार्यान्वयनमा रहेको ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) को कम्प्याक्टलाई निरन्तरता दिने निर्णय अमेरिकी सरकारले गरेको छ ।
अर्थमन्त्रालयले सोमबार एक विज्ञप्ती जारी गर्दै एमसीसीले निरन्तरता पाएको जनाएको हो ।
‘अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पाेरशन (एमसीसी) को २०८१ को फागुन २२ गतेको पत्रानुसार नेपाल सरकार र उक्त निकायबीच सम्बत् २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्ट कार्यान्वयन अमेरिकी राष्ट्रपतिको जनवरी २०, २०२५ को कार्यकारी आदेशानुसार पुनरावलोकनका लागि स्थगन भएकोमा एमसीसीको जुलाई २४, २०२५ को पत्रबाट उक्त पुनरावलोकन कार्य समाप्त भएको र नेपाल कम्प्याक्टको निरन्तरताका लागि सिफिारिस भएको जानकारी प्राप्त भएको व्यहोरा सरोकारवालालाई जानकारी गराईन्छ’, अर्थले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

