२०८३, आश्विन २१ गते

images

सेयर बजार दोस्रो दिन सामान्य ओरालो, १९ अर्ब ३६ करोडको कारोबार

सेयर बजार दोस्रो दिन सामान्य ओरालो, १९ अर्ब ३६ करोडको कारोबार

सोमवार, श्रावण १२ २०८२०३:३४
सोमवार, श्रावण १२ २०८२०३:३४
  • images

    काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजार सामान्य घटेर बन्द भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.०७ अंकले घट्दै २,९६२ विन्दुमा कायम भएको हो।

    बजार दिनभरको उतारचढावपछि अन्त्यमा केही घटेर बन्द भएको हो। आजको कारोबारमा ९४ कम्पनीको सेयर मूल्य बढेको छ भने १५६ कम्पनीको मूल्य घटेको छ।

    आज ३२१ कम्पनीका ४ करोड ४१ लाख २४ हजार ९२४ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १९ अर्ब ३६ करोड रुपैयाँ नाघेको छ।

    सबैभन्दा धेरै कारोबार भएका कम्पनीहरू:

    शिवम् सिमेन्ट: ९२ करोड ९७ लाख रुपैयाँ

    हिमालयन डिष्टिलरी: ७६ करोड ९९ लाख रुपैयाँ

    ङादी ग्रुप पावर: ५७ करोड ९७ लाख रुपैयाँ

    बढी कमाउने र गुमाउने कम्पनी:

    आज सबैभन्दा धेरै समता घरेलु लघुवित्तका लगानीकर्ताले ९.९९% को लाभ उठाए। त्यस्तै सान्भी इनर्जीका लगानीकर्ताले ९.९२%, र ट्रेड टावरका लगानीकर्ताले ९.५३% को लाभ कमाएका छन्।

    दोसरी तर्फ, विन्ध्यावासीनी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै ८.४९% को घाटा व्यहोरेका छन्। नेप्से परिसूचक सामान्य घटे पनि उच्च कारोबार देखिएको आजको दिन बजारका लागि मिलेजुले संकेत देखिएको विश्लेषकहरूले बताएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend