२०८३, आश्विन २० गते

images
  • खेलकुद
  • सरकारले महिला भलिबल खेलाडीलाई जनही ३...

सरकारले महिला भलिबल खेलाडीलाई जनही ३ लाख दिने

सरकारले महिला भलिबल खेलाडीलाई जनही ३ लाख दिने

शुक्रवार, श्रावण ३२ २०८१०५:३८
शुक्रवार, श्रावण ३२ २०८१०५:३८
  • images

    काठमाडौं । सरकारले ‘काभा वुमन्स नेशनल भलिबल लिग २०२४’ मा नेपालका तर्फबाट सहभागी १४ जना खेलाडीलाई जनही रु तीन लाखका दरले पुरस्कार वितरण गर्ने भएको छ ।

    बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले १४ जना खेलाडीलाई जनही रु तीन लाखका दरले पुरस्कार वितरण गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पुथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

    नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङका अनुसार, भलिबलका मुख्य प्रशिक्षकलाई रु दुई लाख, व्यवस्थापकलाई रु एक लाख तथा सहायक प्रशिक्षक र फिजियोलाई जनही रु एक लाख २० हजारका दरले पुरस्कृत तथा सम्मान गर्न स्वीकृति दिइएको छ ।
     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend