२०८३, आश्विन २१ गते

images

एनआईसी एशिया बैंकले ८.१७ प्रतिशत ब्याजदरमा सेयरधितो कर्जा दिने

एनआईसी एशिया बैंकले ८.१७ प्रतिशत ब्याजदरमा सेयरधितो कर्जा दिने

मंगलवार, श्रावण १३ २०८२०३:१४
मंगलवार, श्रावण १३ २०८२०३:१४
  • images

    काठमाडौं । एनआईसी एशिया बैंकले निकै सस्तो ब्याजदरमा सेयर धितो कर्जाको स्किम ल्याएको छ। बैंकले औसत आधार दरमा १ प्रतिशत मात्र प्रिमियम थपेर आकर्षक कर्जा योजना सार्वजनिक गरेको हो। हालको दरअनुसार, बैंकले ८.१७ प्रतिशत ब्याजदरमा यस्तो कर्जा उपलब्ध गराउने घोषणा गरेको छ।

    बैंकले यो प्रडक्टलाई ‘NIC ASIA ATHOT Loan Against Share’ नाम दिएको छ। गतिशील बैंकिङ्गको अभ्यास गर्दै ग्राहकहरूको आवश्यकता, बजार तथा समयको मागलाई सम्बोधन गर्दै बैंकले अर्थतन्त्रको एक मुख्य पिलरको रूपमा रहेको शेयरबजारलाई सम्बोधन गर्ने गरी प्रतिस्पर्धी ब्याजदर (औसत आधार दरमा १ प्रतिशत प्रिमियम थप)मा शेयर कर्जा योजना सार्वजनिक गरेको बैंकले एक विज्ञप्तिमा जनाएको छ।

    ग्राहकले नेपाल स्टक एक्सचेन्जमा सूचीकृत बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीहरू र अन्य विभिन्न कम्पनीहरूको साधारण शेयर यस बैंकमा धितो राखेर १८० दिनको शेयरको औसत बजार मूल्य वा पछिल्लो कारोबार मूल्य मध्ये जुन कम छ, त्यसको ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्नेछन्। यस योजनाअन्तर्गत न्यूनतम रू. ५० लाखदेखि अधिकतम रू. १५ करोडसम्मको कर्जा रकम प्राप्त गर्न सकिने बैंकले उल्लेख गरेको छ।

    प्रतिस्पर्धी ब्याजदर तथा अनुपम सुविधाले भरिपूर्ण बैंकको यस कर्जामार्फत ग्राहकहरूलाई सहज रूपमा कर्जा प्रदान गर्ने रणनीतिअनुसार सम्पूर्ण आवश्यक कागजात प्राप्त भएपश्चातको ३ कार्यदिनभित्र नै कर्जा उपलब्ध गराउने गरी आन्तरिक व्यवस्थापन गरिएको बैंकले उल्लेख गरेको छ।

    ग्राहकको कर्जासम्बन्धी सल्लाह, सुझाव, गुनासो वा जिज्ञासा आदिको उचित समयमा प्रभावकारी तवरले समाधान तथा निराकरण गर्ने हेतुले एकद्वार प्रणालीको व्यवस्थाअनुसार बैंकले ‘कर्जा सहायता केन्द्र’ को समेत स्थापना गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend