२०८३, आश्विन २१ गते

images

सेयर बजारमा ठूलो गिरावट: ५३.८७ अंकले घट्दै २९४९ विन्दुमा झर्‍यो

सेयर बजारमा ठूलो गिरावट: ५३.८७ अंकले घट्दै २९४९ विन्दुमा झर्‍यो

बुधवार, श्रावण १४ २०८२०३:३४
बुधवार, श्रावण १४ २०८२०३:३४
  • images

    काठमाडौं । साताको चौथो दिन बुधबार सेयर बजारमा तीव्र गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५३.८७ अंकले घटेर २९४९.१९ विन्दुमा झरेको छ। अघिल्लो दिन ३ हजार विन्दु नाघेको बजार आज एक दिनमै १.७६ प्रतिशतले घटेको हो।

    यस गिरावटसँगै ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ११.२४ अंकले घटेर ५०७.३५ विन्दुमा पुगेको छ। आजको कारोबारमा १३ उपसूचकहरूमध्ये ११ उपसूचक रातो भएका छन् भने केवल २ उपसूचकमा मात्र वृद्धि देखिएको छ।

    सेयर मूल्यको अवस्थाः

    २६ कम्पनीको सेयर मूल्य बढ्दा

    २२६ कम्पनीको सेयर मूल्य घटेको छ।

    बाँकी कम्पनीहरूको मूल्य स्थिर देखिएको छ।

    कारोबार रकममा समेत गिरावट देखिएको छ। अघिल्लो दिन १८ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो भने आज कारोबार रकम १६ अर्ब ४४ करोड १३ लाख रुपैयाँमा झरेको छ।

    आज कुल ३२७ कम्पनीका ३ करोड ६४ लाख १७ हजार ७४२ कित्ता सेयर, १ लाख ४१ हजार ५२० पटक किनबेच भएका छन्।

    त्यस्तै, आज सेयर बजारमा दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ।

    बजार विश्लेषकहरूका अनुसार बजारमा अचानक आएको यो गिरावट नाफा लिएर बाहिरिने प्रवृत्ति, लगानीकर्ता मनोवृत्ति र बैंकको तरलता दबावजस्ता कारणले भएको हुनसक्ने आँकलन गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend