२०८३, आश्विन २१ गते

images

दरमखोला हाईड्रोको आईपीओ बिक्री खुला

दरमखोला हाईड्रोको आईपीओ बिक्री खुला

बिहिवार, श्रावण १५ २०८२१२:१८
बिहिवार, श्रावण १५ २०८२१२:१८
  • images

    काठमाडौं । दरमखोला हाईड्रो इनर्जी लिमिटेडले आजदेखि आम सर्वसाधारणका लागि २९ लाख १९ हजार ५ सय कित्ता आईपीओ जारी गरेको छ । यस अघि कम्पनीले गत जेठ २० गते प्रति शेयर १०० रुपैयाँ अंकित दरका ३९ करोड ५० लाख रुपैयाँ बराबरको ३९ लाख ५० हजार कित्ता साधारण शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

    यस अघिनै कम्पनीले कुल जारी पुँजीको १०/१० प्रतिशत शेयर आयोजना प्रभावित र वैदेशीक रोजगारीमा रहेकाहरुला लागि निष्कासन गरिसकेको छ । सर्वसाधारणले यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । 

    लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।   यसका साथै  लगानीकर्ताले मेरो शेयरयर बाट समेत आवेदन दिन सक्नेछन् । आईपीओ खरिदका लागि लगानीकर्ताले छिटोमा साउन १९ गते  र ढिलोमा साउन २९ गते सम्म आवेदन दिन सक्नेछन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend