२०८३, आश्विन २१ गते

images

शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम झन्डै १६ अर्ब

शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम झन्डै १६ अर्ब

बिहिवार, श्रावण १५ २०८२०३:३२
बिहिवार, श्रावण १५ २०८२०३:३२
  • images

    काठमाडौं । साताको अन्तिम दिन बिहीबार शेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज ३१.५० अंकले घटेर २,९२२ बिन्दुमा बन्द भएको छ। बजार घट्दासमेत आज ५२ कम्पनीका शेयर मूल्य बढेका छन् भने १९८ कम्पनीका शेयर मूल्य घटेका छन्।

    आजको दिनभरिमा ३१८ कम्पनीका ३ करोड ६८ लाख ७१ हजार २४४ कित्ता शेयर किनबेच भएका छन्, जसबाट १५ अर्ब ९८ करोड ८९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

    सबैभन्दा धेरै कारोबार हुने कम्पनीको सूचीमा हिमालयन रिइन्स्योरेन्स अग्रस्थानमा रहेको छ। यस कम्पनीको आज मात्रै १ अर्ब ३३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। त्यसपछाडि नेपाल पुनर्बीमा कम्पनी (७५ करोड ३५ लाख) र हिमालयन डिष्टिलरी (६९ करोड ९ लाख) रहेका छन्।

    उतारचढावको बीचमा ट्रेड टावर कम्पनी र नेपाल फाइनान्स का लगानीकर्ताले सबैभन्दा धेरै फाइदा उठाएका छन्। यी दुवै कम्पनीका सेयर मूल्य आज ९.९९ प्रतिशतले बढेका छन्। त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंक का लगानीकर्ताले ९.९७ प्रतिशत र ग्रिन डेभलपमेन्ट बैंक का लगानीकर्ताले ९.९२ प्रतिशत लाभ लिएका छन्।

    अर्कोतर्फ, आज सबैभन्दा धेरै घाटा भूगोल इनर्जी कम्पनीका लगानीकर्ताले बेहोरेका छन्। कम्पनीको शेयर मूल्य ७ प्रतिशतले घटेको छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend