काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार ४८ जना शाखा अधिकृतको सरुवा गरेको छ। सरुवा गरिएका अधिकृतहरूलाई देशभरका विभिन्न स्थानीय तहमा खटाइएको छ।
मन्त्रालयले सरुवा गरेका अधिकृतहरूमध्ये केहीलाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा र केहीलाई शाखा अधिकृतको रूपमा खटाइएको हो। स्थानीय तहमा प्रशासनिक कामकाज प्रभावकारी बनाउन उनीहरूको सरुवा गरिएको मन्त्रालयले जनाएको छ।
सरुवा सूची अनुसार अधिकृतहरूलाई विभिन्न गाउँपालिका, नगरपालिका तथा महानगरपालिकाहरूमा पठाइएको छ। मन्त्रालयका अनुसार यो नियमित प्रशासनिक प्रक्रिया हो।

