२०८३, आश्विन २० गते

images
  • विश्व
  • यमनमा १५० आप्रवासी सवार डुंगा पल्टियो,...

यमनमा १५० आप्रवासी सवार डुंगा पल्टियो, अहिलेसम्म ५० जनाको शव भेटियो

यमनमा १५० आप्रवासी सवार डुंगा पल्टियो, अहिलेसम्म ५० जनाको शव भेटियो

सीएनएन खबर
सोमवार, श्रावण १९ २०८२११:१६
सीएनएन खबर
सोमवार, श्रावण १९ २०८२११:१६
  • images

    काठमाडौँ ।यमनको तटमा खराब मौसमका कारण डुंगा पल्टिँदा ५० भन्दा बढी आप्रवासीको मृत्यु भएको छ। स्थानीय अधिकारीहरूका अनुसार दुर्घटना यमनको दक्षिणी प्रान्त अब्याननजिकै भएको हो।

    अब्यान सुरक्षा निर्देशनालयले तटीय क्षेत्रको ठूलो भागबाट धेरै शव निकालिएको र खोजी जारी रहेको जनाएको छ। बीबीसीका अनुसार डुंगामा १५० जना सवार थिए। 

    अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) का अनुसार, मृतकमध्ये अधिकांश इथियोपियाली नागरिक छन्। उसले घटनालाई "हृदयविदारक" भनेको छ। यमन अफ्रिकाको हर्नबाट खाडी देशमा यात्रा गर्ने आप्रवासीका लागि एक प्रमुख मार्ग हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend