२०८३, आश्विन १९ गते

images
  • समाचार
  • घट्यो डलरको बिक्री मूल्य, यस्तो छ...

घट्यो डलरको बिक्री मूल्य, यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

घट्यो डलरको बिक्री मूल्य, यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

सीएनएन खबर
शनिवार, आषाढ ८ २०८१०७:१४
सीएनएन खबर
शनिवार, आषाढ ८ २०८१०७:१४
  • images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

    राष्ट्र बैंकका अनुसार शनिबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३६ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ९६ पैसामा झरेको छ । शुक्रबार डलर एकको खरिद दर १३३ रुपैयाँ ५५ पैसा र बिक्री दर १३४ रुपैयाँ १५ पैसामा कारोबार भएको थियो ।

    यस्तै, युरो एकको खरिद दर १४२ रुपैयाँ ५१ पैसा र बिक्री दर १४३ रुपैयाँ १५ पैसा रहेको छ । शुक्रबार युरोको खरिद दर १४३ रुपैयाँ २८ पैसा र बिक्री दर १४३ रुपैयाँ ९२ पैसा तोकिएको थियो ।  

    आज, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ५१ पैसा र बिक्री दर १६९ रुपैयाँ २७ पैसा रहेको छ । हिजो पाउण्डको खरिद दर १६९ रुपैयाँ ४७ पैसा र बिक्री दर १७० रुपैयाँ २४ पैसामा कारोबार भएको थियो । 

    त्यस्तै, आज अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ८० पैसा रहेको छ भने बिक्री दर ८९ रुपैयाँ २० पैसा रहेको छ । 
    आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५८ पैसा र बिक्री दर ३६ रुपैयाँ ७५ पैसामा कारोबार भैरहेको छ ।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend