२०८३, आश्विन २० गते

images
  • अटो
  • नाइमा एक्स्पोमा एलएस अटोको अफरः गाडी...

नाइमा एक्स्पोमा एलएस अटोको अफरः गाडी खरिदमा साढे २ लाख छुटदेखि उपहारमा वासिङ मेसिन

नाइमा एक्स्पोमा एलएस अटोको अफरः गाडी खरिदमा साढे २ लाख छुटदेखि उपहारमा वासिङ मेसिन

आइतवार, श्रावण २५ २०८२१२:०६
आइतवार, श्रावण २५ २०८२१२:०६
  • images

    काठमाडौँ । काठमाडौँमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ग्राहकको रोजाइमा एलएस अटोको गाडी पर्न थालेको छ । 

    चीनिया कम्पनी एलएस अटोको नेपालका लागि अधिकारिक वितरक नेक्सन भेन्चर्सले उक्त एक्स्पोमा लिभ ०१ प्रदर्शनमा राखेको छ । 

    एक्स्पोमा कम्पनीले लिभ ०१ को मूल्य ६४ लाख ९५ हजार रुपैयाँ तोकेको छ । उक्त मूल्यमा बोनस र छुट उपलब्ध गराइरहेको कम्पनीले जनाएको छ ।

    नाइमा एक्स्पोमा बुक तथा खरिद गर्नेलाई कम्पनीले थप साढे २ लाख रुपैयाँ छुट दिइरहेको छ भने १० किलोग्रामको वासिङ मेसिन पनि उपलब्ध गराइरहेको छ । 

    लिभ ०१ मा ६७.१२  किलोवाट आवर र ९९ किलोवाटको मोटर छ । ईभीले पूर्ण चार्जमा ५०० किलोमिटर रेञ्ज प्रदान गर्ने कम्पनीको दाबी छ । 

    ls auto.jpg

    लिभ ०५ र एक्सको बुकिङ 

    अटो शो मा नै कम्पनीले २ नयाँ गाडीको बुकिङ लिइरहेको छ । कम्पनीले छिट्टै नेपाल ल्याउन लागेको लिभ ०५ र लिभ एक्सको बुकिङ खुलाएको हो । अटो शो मा नै उद्घाटनको योजना बनाएर गाडी ल्याउने तयारीमा रहेको कम्पनीले रसुवा बाढीका कारण गाडी ल्याउन पाएको थियो । 

    शोमा ल्याउन नपाएको गाडी कम्पनीले बुकिङ खुलाएको हो । लिभ ०५ प्रिमियम ह्याचब्याकमा ५६ किलोवाट आवरको एलएफपी ब्याट्री प्याक दिइएको छ भने रेञ्ज ४०० किलोमिटर हुने कम्पनीको दाबी छ । 
    कम्पनीले बुकिङ लिइरहेको अर्को ईभी हो, लिभ एक्स । यो कम्पनीले हाल बिक्री गरिरहेको लिभ ०१ को फोर ह्विल ड्राइभ भर्सन हो । यो मोटर पावरका साथै केही फिचर थप भएर आउनेछ।

    यमास ७७ किलोवाट आवरको ठूलो ब्याट्री प्याक छ । रेञ्ज ५४५ किलोमिटर प्रदान गर्ने कम्पनीको दाबी छ । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend