२०८३, आश्विन २० गते

images
  • विश्व
  • गाजा कब्जा रोक्न मुस्लिम जगत एकजुट...

गाजा कब्जा रोक्न मुस्लिम जगत एकजुट होस्, नभए इजरायलको ‘नरसंहार’ थामिँदैन : 'टर्की'

गाजा कब्जा रोक्न मुस्लिम जगत एकजुट होस्, नभए इजरायलको ‘नरसंहार’ थामिँदैन : 'टर्की'

सीएनएन खबर
आइतवार, श्रावण २५ २०८२०१:०८
सीएनएन खबर
आइतवार, श्रावण २५ २०८२०१:०८
  • images

    टर्कीका विदेशमन्त्री हाकान फिदानले गाजा सहर कब्जा गर्ने इजरायलको योजनाविरुद्ध एक हुन मुस्लिम राष्ट्रहरूलाई अपिल गरेका छन्। समाचार एजेन्सी रोयटर्सका अनुसार, शनिबार इजिप्टमा भएको वार्तापछि फिदानले इजरायलको योजनाको अन्तर्राष्ट्रिय स्तरमा विरोध गरिनुपर्ने बताए।

    इजिप्ट र टर्की दुवैले शुक्रबार गाजा सहर नियन्त्रण गर्ने इजरायलको योजनाको निन्दा गरे। टर्कीले यसलाई 'इजरायलको नरसंहार र विस्तारवादी नीतिहरूको नयाँ चरण' भनी टिप्पणी गरेको छ र यसलाई रोक्न विश्वव्यापी स्तरमा कदम चाल्नुपर्ने आवश्यकतामा जोड दिएको छ। 

    शुक्रबार इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले गाजा सहर कब्जा गर्ने आफ्ना प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको योजना अनुमोदन गरेको छ। इजरायली सेनाले गाजा सहर नियन्त्रण गर्न र युद्ध अन्त्य गर्न काम गर्ने बताएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend