२०८३, आश्विन २० गते

images
  • विश्व
  • इजरायल पुगेकी विपिनकी आमाले भनिन्,‘उसलाई घर...

इजरायल पुगेकी विपिनकी आमाले भनिन्,‘उसलाई घर फर्काइदेऊ हमास, कृपया, कृपया!’

इजरायल पुगेकी विपिनकी आमाले भनिन्,‘उसलाई घर फर्काइदेऊ हमास, कृपया, कृपया!’

मंगलवार, श्रावण २७ २०८२०१:५७
मंगलवार, श्रावण २७ २०८२०१:५७
  • images

    काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत टीकापुर कृषि क्याम्पस अध्ययनरत विपिन जोशीको रिहाइका लागि उनकी आमा पद्मा जोशी सोमबार इजरायल पुगेकी छन्। विपिनलाई हमासले सन् २०२३ अक्टोबर ७ मा इजरायलमा गरेको हमलामा बन्धक बनाएको थियो र उनी त्यसयता सम्पर्कविहीन छन्।

    इजरायल पुगेर पत्रकारहरूसँग कुरा गर्दै पद्मा जोशीले रुँदै हमाससँग आफ्नो छोरा छाड्न आग्रह गरेकी छिन्। उनले भनिन्, “कृपया! मेरो छोरालाई बचाउनुहोस्। हमास, तत्काल उसलाई घर फिर्ता पठाइदेऊ।”

    उनकी १७ वर्षीया छोरी पुष्पाले पनि समर्थनका लागि इजरायली जनता र सरकारी अधिकारीहरूलाई धन्यवाद दिँदै आफ्नो दाइको रिहाइको माग गरिन्। उनले भनिन्, “आफ्नो शैक्षिक कार्यक्रमअन्तर्गत इजरायल आएको मेरो दाइ युद्धमा फस्यो। हामी उनलाई फिर्ता चाहन्छौँ। यो हाम्रो परिवारका लागि निकै कठिन समय भएको छ।”

    यसैबीच ‘द अस्ट्रेलियन’ पत्रिकाले हमासले बन्धक बनाएका जीवित व्यक्तिहरूको सूची प्रकाशित गरेको छ, तर त्यसमा विपिन जोशीको नाम समावेश गरिएको छैन।

     

     

     

     

     

     

     

     

    ब्कप ऋजबतन्एत्

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend