२०८३, श्रावण २५ गते

images

यस वर्षको अटो शो मा साउथ एसियामै नभएको प्रविधि देखाउछौँ, यहाँ आएपछि तपाइँको सोचमा परिवर्तन हुन्छ (अन्तर्वार्ता)

यस वर्षको अटो शो मा साउथ एसियामै नभएको प्रविधि देखाउछौँ, यहाँ आएपछि तपाइँको सोचमा परिवर्तन हुन्छ (अन्तर्वार्ता)

images
बुधवार, श्रावण २८ २०८२०४:५०
बुधवार, श्रावण २८ २०८२०४:५०
  • दुई दशकभन्दा बढीको निरन्तरतालाई कायम राख्दै नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले राजधानीको भृकुटीमण्डपमा आउँदो भदौ ३ गतेदेखि ८ गतेसम्म १७औं संस्करणको रूपमा नाडा अटो शो–२०२५ आयोजना गर्दैछ । 

    नाडा अटो शो को तयारी, समग्र अटोमोबाइल्स व्यवसायको अवस्था, विश्वव्यापी रूपमा भित्रिएका अत्याधुनिक प्रविधि, सरकारले नीतिगत रूपमा गरेको सहजीकरणदेखि प्रदर्शनीबाट उपभोक्ताले लिने लाभ तथा व्यवसाय प्रवर्धनलगायत समग्र अटो क्षेत्रमा केन्द्रीत रहेर नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष करण चौधरीसँग सीएनएन खबरले गरेको कुराकानीको सम्पादीत अंश ।

    नाडाले १७ औँ संस्करणको अटो शो आयोजना गर्दैछ । अघिल्ला अटो शोहरूसँग तुलना गर्दा यो संस्करणमा के फरक देखिन्छ ?

    हामीले नाडाबाट जहिलै गर्दै आएको भनेको नेपाली दाजुभाई दिदिबैनीहरुलाई केही न केही नयाँ चिज देखाउँदै आएको नै हो । यो पाली नयाँ देखाउने क्रममा के गर्न सकिन्छ भनेर अध्ययन गरेर साउथ एसियामा नै नभएको उड्ने गाडी देखाउन लागेका हौँ । यो चिज भनेकै हाम्रो लागी एउटा गर्भ गर्न लायक कुरा हो । यही चिजबाट नै नाडा ५० वर्ष पुगेको उपलक्षमा एउटा राम्रो पहिचान दिन सक्छौँ, यो गर्न सक्यौ भने राम्रो हुन्छ भन्ने हाम्रो आश हो । 

    तपाइँले अहिलेको नाडा अटो शो को मुख्य आकर्षण नै उड्ने गाडी भन्दै आउनुभएको छ । तर, अहिलेसम्म नेपालमा यसको कुनै पनि कानुन छैन् । यसमा नाडाले कसरी समन्वय सहजिकरण गर्छ ?

    नाडाले आजसम्म जुन चिज डिस्पे गर्छ, त्यसपछि मात्रै नीति निर्माणको लविङ गर्दै आएको इतिहास छ । यो पनि हामीले नाडा अटो शो मा प्रदर्शनमा राख्छौँ । त्यसपछि नीति निमार्तासँग बसेर यो विषयमा छलफल गरेर निष्कर्ण निकाल्छाैँ । उड्ने गाडीमा चालक हुँदैछ, छुट्टै ककपिटमा बसेर यसको म्यानेज हुन्छ । उड्ने चिज भएका कारण नागरिक उडड्यन प्राधिकरण पनि यसमा आकर्षण हुन्छ । हामीले यसलाई कसरी मिलाउन सकिन्छ, र गर्न सकिन्छ भन्नेतर्फ नै हाम्रो प्रयास जारी छ । सोही अनुसार हामी लागिपछौँ ।

    karan chaudari.png

    भदौ ३ गतेदेखि ८ गतेभित्र नाडा अटो शोमा हुँदैछ । यस वर्षको अटो शो मा उपभोक्ताले के–कस्ता लाभ लिन सक्नेछन् ?

    हाम्रो सोच भनेको नै भोलीका लागि केन्द्रीत भएर काम गर्नु हो । त्यो भनिरहँदा नाडा अटो शो मा आउने उपभोक्ता तथा ग्राहकहरु जहिलै पनि गाडी तथा त्यसको पार्टसहरुसँग सम्बन्धीत उपकरणहरु लिनुहुन्छ । यो पाली अलि पुरानो कुराहरु पनि हेरौँ भनेर हामीले भेन्टेज कार प्रोभिलेन्ज राखेका छौँ । रोवर्ट, उड्ने कारदेखि राख्दा समग्र नेपालीलाई नै समेट्ने हाम्रो प्रयास हो ।

    बजेटमा विद्युतीय गाडीमा कर घटाउने हल्लाकाबीच व्यवसायीहरुले धेरै गाडीहरु बजेट अघि नै भित्र्याए । बजेटमा करका दर यथावत भएपछि अहिले उक्त गाडी बिक्री गर्न अटो शो मा प्राइस वार भएको भन्ने सुनिएको छ । यसको वास्तविकता के हो ?

    व्यवसायीको धर्म भनेको नै आफ्नो सामग्री बढीभन्दा बढी बिक्री गर्नु हो । आज यसमा प्रतिस्पर्धा हुनुमा कुनै आश्चर्य मान्नु पर्ने कारण मैले देख्दीन । नाडा अटो शो चाडपर्वको समयमा नै हुने हो । नाडाले गरेको शो मा मात्रै वर्षदिनभरी हुने कारोबारको तुलनामा ४० प्रतिशत कारोबार अटो शो मा नै बिक्री हुनेगर्छ । यो आश्चर्यजनक कुरा होइन । यो स्वभाविक रुपमा हुने कुरा हो, यसलाई नाडाले सामान्य रुपमा लिन्छ ।

    पछिल्लो समय चीनबाट नेपाल भित्रिएका अधिकांश गाडीका कम्पनीहरु समस्यामा आएर बन्द भयो भनिन थालेको छ । त्यसको प्रत्यक्ष असर नेपाली उपभोक्रामा देखिन थालेको छ । यसलाई नाडाले कुन रुपमा हेरेको छ ?

    यो समस्याको सम्बोधन सवारी आयात मापदण्डले गर्छ । हामी विभिन्न चरणको सम्बाद गर्दै आएको छ । हामीले अटो व्यवसायी, उपभोक्ता र सरकार गरी हाम्रा तीन पिलरलाई सम्बोधन हुनेगरी सल्लाह सुझाव दिन्छाैँ । यसको सम्बोधन मापदण्डले नै गर्छ ।

    आर्थिक मन्दी, उच्च ब्याजदर र भन्सार प्रक्रियाले अटो बजारमा कस्तो असर पारेको छ ?

    आर्थिक मन्दी विस्तारै सुधार हुँदैछ भने बैंक तथा वित्तीय संस्थाको व्याजदर पनि घट्दो क्रममा छ । तर, अब फाइनान्सीङ सम्बन्धी मौद्रीक नीतिमा अटो व्यवसायीको माग सम्बोधन हुनुपर्ने थियो, भए । यो नभएपछि हामीले जत्तिको अपेक्षा गरेका थियौँ, त्यो भनए । अब पहिलो समिक्षामा हामीले राखेको मागको सम्बोधन हुन्छ भन्ने हामी अटो व्यवसायीको आश हो । यो चिज अवश्य पनि अटो व्यवसायीको हितमा नै हुन्छ ।

    उपभोक्ता, व्यवसायी र नीति निर्माताहरूलाई तपाईंको सन्देश के छ ?

    नाडा अटो शो ले यहाँहरुको भित्री जागरण गर्नेछ । अटो शो मा आइदिनुहोस, बझदिनुहोस्, अवश्य पनि अटो शो ले यहाँहरुको सोचमा केही न केही परिवर्तन ल्याउँछ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend