२०८३, आश्विन २० गते

images
  • विश्व
  • एमसीसी अनुदानमा बन्ने प्रसारणलाइनका दुई खण्डको...

एमसीसी अनुदानमा बन्ने प्रसारणलाइनका दुई खण्डको ठेक्का सम्झौता आज

एमसीसी अनुदानमा बन्ने प्रसारणलाइनका दुई खण्डको ठेक्का सम्झौता आज

बिहिवार, श्रावण २९ २०८२०७:२५
बिहिवार, श्रावण २९ २०८२०७:२५
  • images

    काठमाडौँ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को अनुदान सहयोगमा बन्ने दुई खण्डको ठेक्कामा आज सम्झौता हुने भएको छ ।

    एमसीसीअन्तर्गत निर्माण हुने २९७ किलोमिटर ४०० केभी डबल सर्किट प्रसारणलाइनमध्येको दुई खण्ड निर्माणका लागि आज  ठेक्का सम्झौता हुने एमसीए नेपालले जनाएको छ ।

    रत्माटे–नयाँ दमौली प्रसारणलाइन निर्माणका लागि एन्जेलिक–स्किपर जेभीसँग सात करोड ७४ लाख ८० हजार अमेरिकी डलरमा ठेक्का सम्झौता हुन लागेको हो ।

    नयाँ दमौली–नयाँ बुटवल प्रसारणलाइन निर्माण गर्न नेपाली निर्माण कम्पनी वाइबा–सलासार जेभीसँग सात करोड ७० लाख ३० हजार अमेरिकी डलरमा सम्झौता हुन लागेको एमसीएले जनाएको छ । यी दुई खण्ड २९७ किलोमिटर लामो प्रसारणलाइनका दुई खण्डअन्तर्गत पर्छन् ।

    एमसीए–नेपालका अनुसार, यो सम्झौताले नेपालमा विद्युत् प्रसारण पूर्वाधार सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend