काठमाडौँ । नेपाल हस्तकला महासंघले प्रत्येक वर्ष हस्तकला व्यापार मेला तथा प्रतियोगिता आयोजना गर्दै आएको छ । स्वदेशी हस्तकलाको प्रवद्र्धनका लागि आयोजना हुने २१ औं शंस्करणको उक्त मेला आगामी मंसिर २७ गतेदेखि पुस १ गतेसम्म हायात होटलमा आयोजना हुँदैछ् ।
व्यापार मेलाको तयारी, मेलाको आकर्षण लगायत मेलामा केन्द्रीत भएर सीएनएन खबरले हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यसँग गरेको कुराकानीका सम्पादित अंश ।
२१ औं शंस्करणको ‘हस्तकला व्यापार मेला तथा हस्तकला प्रतियोगिता’ मंसिरमा हुँदैछ । तयारी के कस्ता भैरहेको छ ?
हस्तकला व्यापार मेलाभन्दा पहिला म हस्तकला महासंघको विगत सम्झन चाहन्छु । नेपाली परम्परागत सामग्रीहरु अंशु बर्माको पालादेखि विदेशमा निर्यात भैरहेको हामीसँग तथ्यांक रहेको छ । भृकुटीलाई स्रोङ्चन गम्पोले विबाह गरेर जादा हाम्रो देउताहरु धेरै गएको हाम्रो इतिहास छ । २००६ सालमा राजा महेन्द्रले ललितपुरको मंगलबजारमा एउटा प्रदर्शन गरेर ज्वाला निरुलालको प्रमुख आतिथ्यता बनाएर नेपालबाट हस्तकलाका वस्तुहरु निर्यात भएको फर्मली मानिन्छ । नेपाल सरकारको इतिहासमा २००६ सालदेखि नै नेपालका हस्तकलाका सामग्रीहरु विदेश निर्यात भएको देखिन्छ ।
नेपाल हस्तकला महासंघले धेरै पटक मेला महोत्सव गर्दै आएको छ । आगामी मंसिरमा २१ औ शंस्करणको हस्तकला व्यापार मेला तथा १९ औँ कला प्रतियोगिता आयोजना गर्दैछाैँ । हामीले यसवर्षको मेला मंसिर २७ गतेदेखि पुस १ गतेसम्म हायात होटलमा आयोजना गर्ने हामीले तयारी गरिरहेका छाैँ । हुन त यसलाइ अन्तराष्ट्रिर्य स्तरको मेला भन्दा पनि हुन्छ । हामीले कम्बोडिया, थाइल्याण्ड तथा चीनबाट खरिदकर्ता तथा हस्तकलाका उद्यमीहरुलाई ल्याउने तयारी गरिएको छ ।
महासंघमा भएका १९ वटा वस्तुगत जिल्ला संघहरु छन् । झापादेखि बाजुरसम्म हाम्रा सदस्यहरु हुनुहुन्छ । उहाँहरुबाट गाउँमा रहेका प्रडक्टहरुलाई यहाँ ल्याएर प्रदर्शनीमा राखिन्छ । राष्ट्रियस्तरमा उहाँहरुका उत्पादन लैजानका लागि यो एउटा प्राक्टीस मेला पनि हो । अन्तर्राष्ट्रिय स्तरका मेला महोत्सवमा गएर भाग लिने साथीहरुले पनि यो मेलामा पनि सहभागिता जनाउनुहुनेछ ।
यही मेलामा हामीले प्रतियोगिता पनि आयोजना गछौँ । हामीले परम्परागत विधा र आधुनीक विद्यालय समेटेर प्रतियोगिता आयोजना गछौँ । यसमा कलाकार र कालीगणढ गर १५/१५ जनाको सहभागिता हुनेछ । यसपालिको प्रतियोगितामा परम्परागत विधामा हामीले लोप हुन लागेको बाग्लुङको बुट्टे नलीलाई राखेका छाैँ । आधुनिक विधामा कार्पेटलाई राखिएको छ । नेपालबाट ठूलो मात्रामा कर्पाेट विश्व बजारमा निर्यात हुँदै आएको छ ।
महासंघले प्रत्येक वर्ष नेपालमा व्यापार मेला आयोजना गर्दै आएको छ । स्वदेशी तथा विदेशी कम्पनीहरुको सहभागीता कस्तो छ ?
कोभिड महामारी वा भनु २०७२ सालको भुकम्प पछि नेपालमा आएर हस्तकलाका सामग्री खरिद गर्ने विदेशीहरुको संख्या एकदमै न्यून छ । भूकम्पको बेलामा हस्तकलाका सामग्रीहरु धेरै नै निर्यात भएको थियो । निर्यात हुँदै गर्दा कोरोना महामारी आयो । त्यसपछि अहिले यूरोपको युद्धले असर पारेको छ । अहिले अन्तर्राष्ट्रिय स्तरमा नै अर्थतन्त्र अलि खस्किएका कारण त्यसको असर निर्यातमा देखिनु स्वभाविक नै हो । तर, यस वर्ष कम्बोडिया, थाइल्याण्ड तथा चीनका कालिगड तथा हस्तकलाका उद्योगीहरु आएर नेपालबाट सामग्री किन्ने बताउनुभएको छ । यसपालिका मेलामा विदेशी व्यवसायीले नेपाली हस्तकलाका सामग्रीहरु किन्ने हामीले आश गरेका छौँ ।
व्यापार मेलाको आकर्षण के के हुनेछ ?
यसपालिको मेलाको आकर्षण भनेको दुई विधामा हुने प्रतियोगिता एउटा हो । मैले अघिने भनेजस्तै बुट्टे नली र कर्पाेटको प्रतियोगिता हुनेछ । यस्तै, एक्स्लुसिब आर्टको पनि छुट्टै प्रतियोगिता गर्ने हाम्रो तयारी छ । ७० वर्ष माथिका बृद्ध कलाकारको सम्मान तथा उहाँहरुको प्रदर्शनी पनि राखिनेछ । निर्यातमा प्रत्येक वर्ष हुने समस्या तथा समाधानका लागि छुट्टै सेमिनार राखिएको छ भने बाहिरबाट आउने खरिदकर्ताहरुका लागि बी टु बी मिटिङ पनि यसपालि रहेको छ । लगभग यसपालिका मेलामा १५० वटा स्टल हुनेछ । बौद्धबाट नजिक भएको त्यहाँ धेरै पर्यटक तथा व्यापारिहरु आउने भएका कारण हामीले हायातमा कार्यक्रम आयोजना गर्न लागेका हाैँ । हस्तकलाका वस्तुहरुको नवप्रवद्र्धन गर्ने मुख्य उद्देश्यका साथ हामीले यो मेला आयोजना गरेका हाैँ।
अहिले नेपालमा बनेका हस्तकलाका सामग्रीहरु विश्वका ८० भन्दा बढी देशमा निर्यात भैरहेको भनिएको छ । अन्य देशमा हस्तकलाका सामग्री निर्यातको सम्भावना कस्तो छ ?
पक्कै पनि । हस्तकला महासंघ वल्डकाफ्ट काउन्सीलमा हामी आवद्ध छाैँ । हामी पहिला देखि नै सदस्य छौँ र हामीले मेला महोत्सवमा समेत भाग लिदैँ आएका छाैँ । नेपालकी हस्तकलाको प्रवद्र्धन गर्नका लागि हस्तकला महासंघको पहलमा ललितपुरलाई कला नगरीका रुपमा घोषणा गरिसकेको अवस्था छ । यसरी नै हामीले विश्वका विभिन्न देशहरुमा नेपाली हस्तकलाका वस्तुहरुलाई प्रवद्र्धन गर्न नै हामी वल्ड काफ्ट काउन्सिलमा सदस्य भएका हाैँ ।
८० वटा देशमा नेपाली हस्तकलाको निर्यात हुनु भनेको धेरै राम्रो हो । ती देशहरु उदयमान देशका रुपमा रहेका छन् । निर्यात भएका देशमा थप प्रवद्र्धन र नयाँ देशमा प्रवद्र्धन गर्न हामी लागिपरेका छाैँ ।
हस्तकला सामग्रीका लागि आवश्यक पर्ने कच्चा पदार्थ सहज रुपमा नेपालमा नै उपलब्ध हुन्छन् वा आयात गरेर ल्याउनुपर्ने अवस्था छ ?
परम्परागत रुपमा भन्नुपर्दा काष्ठकलामा हामीले सरकारलाई नेपाली काठ प्रयोगको अनुमति आग्रह गर्दै आएका छाैँ । नेपालको वनजंगलमा काठ कुहिएर बसेको छ, तर हामीले मलेसियाबाट ल्याउनुपर्ने बाध्यता छ । अहिले हामीले अर्बाेको पैसा विदेश पठाउनुपरेको छ । नेपाल सरकारलाई हामीले आह्वान गरेका छौँ कि, कुहिएर बिग्रीएको काठलाई हामीले चलाउन पाउनुपर्ने । काठ मात्रै नेपाली प्रयोग गर्न सकियो भने मेलेसिया लगायतका देशमा गैरहेको नेपाली पैसा नेपालमा नै रोकिथ्यो ।
यस्तै, हामीले ढुङ्गा हात्तिवनबाट ल्याएका छौँ भने मार्वल भारतबाट ल्याउनुपरेको छ । धातुका लागि हामीले विदेशबाट नै कच्चा पदार्थ आयात गर्नुपर्छ । हस्तकलामा मुख्य तया फेल्ड आवश्यक पर्छ । नेपालमा अत्यन्तै ठूलो बजारको रुपमा फेल्ड छ । नेपाली महिला दिदि बैनीहरुले झन्डै १० अर्ब हाराहारीमा फेल्डको निर्यात गर्दै आउनुभएको छ । तर अहिले पनि यसका लागि आवश्यक पर्ने कच्चा पदार्थ नेदरल्याण्ड तथा स्वीजरल्याण्ड लगायतका देशबाट आयात गर्नुपर्ने अवस्था छ । फेल्ड पनि नेपालमा नै उत्पादन गर्न सकिन्छ ।
हस्तकलाका लागि आवश्यक पर्ने रेशा तथा हते कागज नेपालमा नै प्रश्सस्त उत्पादन गर्न सकिन्छ । तर, हामीले त्यसको प्रयोग नै गर्न सकेका छैनौँ । हामीले नेपाल सरकारलाई देशको पूर्वदेखि पश्चिमसम्म रहेको रेशालाई प्रयोग गरेर नेपालमा नै उत्पादन गर्न सकिन्छ । यसमा महिला दिदिबैनीहरुलाई प्रशिक्षण गरेर उत्पादन गर्न सकियो भने मज्जाले कमाउन सकिन्छ । हामीले नेपालमा नै उत्पादन हुने कच्चा पदार्थको उत्पादन गर्न सक्यौँ भने न्यून मात्रामा कच्चा पदार्थमात्र आयात गर्नु पर्नेथियो ।
तपाइँको भनाइ अनुसार हस्तकलाका लागि आवश्यक पर्ने अधिकांश कच्चा पदार्थ नेपालमा नै उत्पादन हुन्छ । नेपाली कच्चा पदार्थको उत्खनन तथा प्रवद्र्धनका लागि महासंघले के गर्दै आएको छ त ?
हामीलाई अहिले आवश्यक परेको सरकारी पोलिसी हो । हस्तकलासँग जोडिएका सबै सरकारी निकायले नेपाली कच्चा पदार्थ प्रयोगको अनुमति दिने हो भने विदेश गैरहेको नेपाली पैसा यही रोकिन्यो । हाम्रो पहिलो माग भनेको पोलिसी नै हो । महासंघले २०७५ सालदेखि हस्तकला नीति छुट्टै बन्नुपर्छ भन्दै आएका छौँ ।
यसलाई घरेलु तथा साना उद्योग अन्तरगत मात्र राख्नु भएन भन्ने हाम्रो माग हो । नेपालमा उत्पादन भएका वस्तु अन्तर्राष्ट्रिय स्तरमा पहिचान चिनाउने वस्तु भएका कारण सरकारले यसलाई छुट्टै नजरले हेर्नुपर्ने महासंघको माग हो ।
नेपाल सरकार मात्र नभएर बागमति लगायतका प्रदेशमा हस्तकला ग्राम विद्येयकका रुपमा पनि पहल गर्दै आएका छौँ । त्यो अन्तिम चरणमा पुगेको छ । बागमति प्रदेशमा पाइलट प्रोजेक्टको रुपमा लागु गरेर बाँकी सबै प्रदेशमा हस्तकला ग्राम सम्बन्धी विद्येयकहरु ल्याउने र त्यसअन्तरगत प्रकृति अनुशारका प्रडक्टहरुलाई हामीले बाहिर उर्जागर गर्न हामी लागिपरेका छाैँ ।
सरकारले हस्तकलाका सामग्री प्रवद्र्धनमा कस्तो सहयोग गर्दै आएको छ । सरकारी तबरबाट हुने सहयोग पूर्ण रुपमा पाउनुभएको छ ?
भरखर नेपाल सरकारको नजरमा परेको अवस्था छ । तर, हामी सन्तुष्ट भने छैनाैँ । हामीले नेपाल सरकारका अधिकारी, सरकारी सचिवालयमा नेपाली हस्तकलाका सामग्री तथा कपडा । जति पनि नेतृत्व वर्गमा रहनुभएको छ, उहाँहरुले साताको १ दिन मात्रै नेपाली पोशाकहरु लगाईदिनु भयो भने हस्तकलाका वस्तुहरुको प्रोत्साहन तथा प्रवद्र्धन हुन्छ भन्दैआएका छाैँ । तर, कार्यान्वयन नभएकाले हामी सन्तुष्ट छैनाैँ ।
हामीले माग राख्दै आएका छौँ । तर, सरकारी खरिद ऐनका कारण बाधक बनेको छ । हामी हस्तकलाकर्मीहरु अधिकांश प्यान बिलमा छौँ । तर, सरकारी तवरबाट भ्याटमा बिल माग्ने हुँदा सहज अवस्था छैन् । प्यान भएका साथीहरु भ्याटमा जान नमानेका कारण उद्यमी साथीहरुलाई समस्या भएको छ ।
अहिलेसम्म पनि केही नेपाली हस्तकताको ट्रेडमार्क किन लिनु भएन ?
हामीले नेपाल सरकारलाई पटक÷पटक घच्घचाइरहेका छौँ । हामी अरु विकासोन्मुख देशभन्दा पछाडि नै छाैँ । अर्थतन्त्रको रुपमा हेर्दा पनि पछाडि छौँ भने सरकारको नीतिका कारण नै हामी अन्य देशको तुलनामा पछि परेका छौँ । त्यसले गर्दा ट्रेडमार्कको कन्सेप्टमा पछाडि छौँ । उद्योग तथा वाणिज्य मन्त्रालयमा आइपीआरको एउटा चरणको काम भएको छ । त्यसभन्दा अगाडी केही गर्न सकिएको छैन् ।
पछिल्लो केही वर्ष यता कालिगाडहरु देशमा उचित वातावरण नभएको भन्दै विदेश पलायन भैरहेका पाइएको छ । योग्य जनशक्तिलाई स्वदेशमै रोक्न सकिदैन् ?
अवश्य पनि । म हस्तकला महासंघको अध्यक्षसँगै म आफै प्रशिक्षक पनि हुँ । म आफै प्रशिक्षक भएका कारण नै कालिगडहरुलाई नेपालमा नै प्रशीक्षीत बनाई एकेडेमिक लेबलमा नै सटिर्फिकेट दिनुपर्छ भनेर लागि परेका छाँै । त्यही अन्तरगत हस्तकला महासंघकै नेतृत्वमा बागमति प्रदेशमा विश्वविद्यालय कन्सेप्ट लगेका छौँ ।
अहिलेको अवस्थामा वार्षिक ६ लाख भन्दा बढी युवाहरु बाहिरिएको सरकारी तथ्यांक नै छ । अरब तथा खाडीका देशहरुमा न्यूनतम मूल्यमा उहाँहरु काम गर्न बाध्य हुनुभएको छ । नेपालमा उहाँहरुको श्रम अनुसारको मूल्य दिन सक्यौँ भने यूरोपका देशहरुमा जस्तै नेपालमा नै पैसा कमाउन सकिन्छ भनेर हामी लागि रहेका छाैँ।
अहिले ४२ विद्याका सामग्रीहरु विश्वका ८० वटा देशमा निर्यात भैरहेको छ । हस्तकला क्षेत्रमा अहिले १० लाखभन्दा बढीको आवद्धता रहेको छ भने महासंघमा ४५ सय सदस्य आवद्ध छन । वार्षिक १२ अर्ब हाराहारीमा हामीले हस्तकलाका सामग्रीको निर्यात गर्दै आएका छौँ ।

