२०८३, आश्विन २० गते

images

ह्वाइट हाउसमा अन्ततः सुटमै देखिए जेलेन्स्की

ह्वाइट हाउसमा अन्ततः सुटमै देखिए जेलेन्स्की

सीएनएन खबर
मंगलवार, भाद्र ३ २०८२१०:५१
सीएनएन खबर
मंगलवार, भाद्र ३ २०८२१०:५१
  • images

    विवाद र वाकयुद्धपछि अन्ततः युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ह्वाइट हाउसमा कालो सुट लगाएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गरेका छन्। सोमबार भएको वार्तामा युरोपका सात नेतासमेत सहभागी थिए।

    गत फेब्रुअरीमा भएको भेटमा जेलेन्स्कीले सैनिक शैलीको पोशाक लगाएका कारण ट्रम्प असन्तुष्ट भएको र पत्रकारहरूले समेत प्रश्न उठाएका थिए। त्यतिबेला ट्रम्पले उनको लुगा शैलीलाई अपमानका रूपमा लिएको थिए। त्यसयता ह्वाइट हाउसको प्रोटोकल कार्यालयमार्फत जेलेन्स्कीलाई औपचारिक सुट लगाउन अनुरोध गरिएको थियो।

    यसपटक जेलेन्स्कीले परम्परागत टाइ बिना कालो सुट, कालो शर्ट र कालै प्यान्टमा उपस्थिति जनाए। उनको सुटले औपचारिकता मात्र नभई “युद्धरत राष्ट्रको राष्ट्रपति” को पहिचान पनि झल्काएको देखिन्थ्यो।

    पत्रकार सम्मेलनमा ट्रम्पले जेलेन्स्कीको पोशाकको प्रशंसा गर्दै हलुका धाप मारेर खुसी प्रकट गरे। पाँच महिना अघि पोशाककै कारण जेलेन्स्कीलाई आलोचना गर्ने पत्रकारले पनि माफी माग्दै उनको प्रशंसा गरे। जवाफमा जेलेन्स्कीले हाँस्दै भने, “हेर, मैले फेरें, तिमीले फेरेनौ।”

    युक्रेन युद्ध शुरू भएदेखि सैनिक शैलीका पोशाकमै देखिँदै आएका जेलेन्स्कीले यसअघि पोप फ्रान्सिसको दाहसंस्कार, बेलायती प्रधानमन्त्रीसँगको भेट र नेटोको बैठकमा पनि यसपटकजस्तै कालो सुट लगाइसकेका थिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend