२०८३, आश्विन २० गते

images
  • विश्व
  • विपिन जोशीको रिहाइमा नयाँ आशा, इजरायली...

विपिन जोशीको रिहाइमा नयाँ आशा, इजरायली प्रधानमन्त्री र अमेरिकी राजदूतसँग भेट

विपिन जोशीको रिहाइमा नयाँ आशा, इजरायली प्रधानमन्त्री र अमेरिकी राजदूतसँग भेट

मंगलवार, भाद्र ३ २०८२११:५३
मंगलवार, भाद्र ३ २०८२११:५३
  • images

    काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग अपहरित नेपाली विद्यार्थी विपिन जोशीकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशीले आज भेट गर्ने कार्यक्रम तय भएको छ। विपिनको रिहाइका लागि इजरायली सरकारको निम्तोमा उनीहरू इजरायल पुगेका हुन्।

    अघिल्लो हप्ता इजरायल पुगेर उनीहरूले राष्ट्रपति इसाक हेर्जोग, संसदका अध्यक्ष अमिर ओहाना र परराष्ट्रमन्त्री गिडोन सारसँग भेटवार्ता गरिसकेका छन्। संसद भवनमा विशेष व्यवस्था गरेर संसद अध्यक्ष ओहानासँग विपिनको रिहाइमा सहयोगका लागि छलफल भएको थियो।

    राष्ट्रपति हेर्जोगले विपिनलाई ‘हिरो’ को रूपमा उल्लेख गर्दै उनका साहस र वीरतालाई उच्च मूल्यांकन गरेका छन्। उनले भनेका थिए, विपिनले हमासद्वारा आक्रमणमा प्रयोग गरिएका बमलाई फ्याँकी बचाए, जसले उनको रिहाइका प्रयासमा इजरायली सरकार सक्रिय रहेको जनाइएको छ।

    नेपालका लागि इजरायली राजदूत धनप्रसाद पण्डितले पनि रिहाइका लागि सरकारले हरसम्भव प्रयास गरिरहेको बताएका छन्। पद्मा र पुष्पा आज प्रधानमन्त्री नेतान्याहुसँगको भेटपछि अमेरिकी राजदूत माइक हुकावेसँग पनि भेट गर्नेछन्। त्यसपछि उनीहरू अमेरिका जाने तयारीमा रहेका छन्, जहाँ उच्च पदस्थहरूसँग विपिनको रिहाइमा थप छलफल हुने सम्भावना छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend