२०८३, आश्विन २० गते

images
  • समाचार
  • २३ जनाको ज्यान लिने मदिरा काण्डमा...

२३ जनाको ज्यान लिने मदिरा काण्डमा ६७ जना पक्राउ, कुवेतमा नेपाली संलग्नताको खुलासा

२३ जनाको ज्यान लिने मदिरा काण्डमा ६७ जना पक्राउ, कुवेतमा नेपाली संलग्नताको खुलासा

मंगलवार, भाद्र ३ २०८२०१:२१
मंगलवार, भाद्र ३ २०८२०१:२१
  • images

    काठमाडौँ । कुवेत सरकारका अधिकारीहरूले २३ जनाको मृत्यु गराउने घरेलु मदिरा उत्पादन र बिक्रीमा संलग्न रहेको आरोपमा ६७ जनालाई पक्राउ गरेको जानकारी दिएका छन्।  पक्राउ पर्नेमा नेपाली पनि भएको आशंका छ। पक्राउ परेकामध्ये आपराधिक नेटवर्कको नेतृत्व गरेको आरोप लागेका एक जना बंगलादेशी नागरिक पनि छन्। अलजजिराका अनुसार विभिन्न आवसीय क्षेत्रमा सञ्चालनमा रहेका ६ वटा कारखाना र सञ्चालनको तयारीमा रहेका ४ वटा कारखाना नियन्त्रणमा लिइएको छ।  

    पक्राउ परेकामध्येका एक नेपालीले घरेलु मदिरा बनाउनेहरूले मेथानोल मिसावट भएको मदिरा कसरी उत्पादन हुन्थ्यो भन्नेबारे जानकारी गराएका छन्। कुवेत मुस्लिम मुलुक भएकाले यहाँ मदिराको आयात वा घरेलु उत्पादन पूर्ण रूपमा प्रतिबन्धत। तर, केही व्यक्तिहरूले गोप्य स्थानमा अवैध रूपमा मदिरा उत्पादन गर्ने गर्छन्।  

    कुवेतको स्वास्थ्य मन्त्रालयका अनुसार मिसावट मदिरा सेवनबाट बिरामी पर्नेको संख्या १६० पुगेको छ। यीमध्ये २३ जनाको मृत्यु भएको हो। मृतकमध्ये धेरैजसो नेपालसहित एसियाली देशका नागरिक छन्। बिरामी भएकामध्ये ५१ जना तत्कालै मिर्गौला डायलाइसिस गर्नुपर्ने अवस्थामा छन्। ३१ जनालाई भने भेन्टिलेटरमा राखेर उपचार गरिएको छ। उनीहरूको अवस्था गम्भीर छ।  
     
    कुवेतस्थित भारतीय दूतावासले करिब ४० जना भारतीय नागरिक पछिल्ला दिनमा अस्पताल भर्ना भएको जनाएको छ। तर, त्यसको कारण भने खुलाएको छैन। 'केहीको मृत्यु भएको छ, केही गम्भीर अवस्थामा छन् भने अन्यको स्वास्थ्यमा सुधार भइरहेको छ,' दूतावासले भनेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend