२०८३, आश्विन १९ गते

images
  • समाचार
  • काठमाडौँका यी स्थानमा हुदैँछ दुई दिनसम्म...

काठमाडौँका यी स्थानमा हुदैँछ दुई दिनसम्म विद्युत आपूर्ति बन्द

काठमाडौँका यी स्थानमा हुदैँछ दुई दिनसम्म विद्युत आपूर्ति बन्द

सीएनएन खबर
शनिवार, आषाढ ८ २०८११२:०९
सीएनएन खबर
शनिवार, आषाढ ८ २०८११२:०९
  • images

    काठमाडौं । काठमाडौंका केही स्थानमा आज र भोलि विद्युत् आपूर्ति केहीसमयका लागि बन्द हुने भएको छ । 

    नेपाल विद्युत् प्राधिकरणले मातातीर्थ सबस्टेसनबाट आपूर्ति भइरहेका फिडरहरूमा विद्युत् सेवा शनिबार र आइतबा दुई दिन पाँच घण्टा आपूर्ति बन्द गर्ने जानकारी गराएको छ । 

    मर्याङ्दी काठमाडौं २२० केभी प्रसारण लाइन आयोजनाबाट निर्माण भएको मातातीर्थ २२० केभीको नयाँ कन्ट्रोल रुममा काम गर्नुपर्ने भएकाले विद्युत् आपूर्ति सेवा प्रभावित हुने भएको हो । 

    प्राधिकरणले शनिबार मातातीर्थ, सतुंगल, मच्छेगाउँ,  फर्पिङ फिडर अन्तरगत बिहान १० देखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने जनाएको छ । 

    यस्तै, भोलि (आइतबार) पनि  मातातीर्थ फिडरमा १० देखि १२, सतुंगल फिडर १२ देखि २, मच्छेगाउँ फिडर २ देखि ४ बजेसम्म र फर्पिङ फिडरमा ४ देखि ६ बजेसम्म विद्युत् आपूर्ति बन्द गर्ने सूचनामार्फत जानकारी गराएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend