काठमाडौं । सरकारले ल्याउन लागेको नयाँ शिक्षा ऐन निजी विद्यालय बन्द गर्ने उद्देश्यसहित आएको भन्दै निजी विद्यालय सञ्चालकहरूले बिहीबार काठमाडौंमा विरोध प्रदर्शन गरेका छन्।
प्याब्सन, नेशनल प्याब्सन, हिसान र अपेनसमेतका संस्थाहरूले नेतृत्व गरेको प्रदर्शन माइतीघर मण्डलाबाट सुरु भई बबरमहल हुँदै नयाँ बानेश्वरसम्म पुगेको छ। विरोधमा सहभागीहरू सरकारले ल्याउन लागेको विधेयक निजी क्षेत्रप्रति प्रतिकूल रहेको भन्दै चर्को नाराबाजी गरेका छन्।

