२०८३, आश्विन २१ गते

images
  • स्थानीय
  • काठमाडौं महानगरपालिकाद्वारा २६४ गुणस्तरहीन पानीका जार...

काठमाडौं महानगरपालिकाद्वारा २६४ गुणस्तरहीन पानीका जार नष्ट

काठमाडौं महानगरपालिकाद्वारा २६४ गुणस्तरहीन पानीका जार नष्ट

आइतवार, भाद्र ८ २०८२०१:०१
आइतवार, भाद्र ८ २०८२०१:०१
  • images

    काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रशोधित पिउने पानीका जारहरूको गुणस्तर अनुगमनलाई तीव्र बनाउँदै पछिल्लो दस दिनमा २६४ गुणस्तरहीन जार बरामद गरी नष्ट गरेको छ।

    महानगरपालिकाले कृषि तथा पशुपन्छी विभाग र महानगर प्रहरी बलको संयुक्त चेकपोस्टमार्फत गरेको अनुगमनमा विभिन्न क्षेत्रमा मापदण्डविपरीतका जारहरू भेटिएका हुन्। गत शुक्रबार काठमाडौं –३ मा १५ गाडीमा फेला परेका ५८ जार, बुधबार वडा नं. १६ मा १३ गाडीमा फेला परेका ४१ जार, कोटेश्वरमा ६८ जार, गोङ्गबुमा ५८ जार र बल्खुमा ३९ जार कुच्चिएर नष्ट गरिएको महानगरपालिकाले जनाएको छ।

    बरामद सबै जारहरू नष्ट गर्न महानगर प्रहरी बल जिम्मेवार रहेको छ। अनुगमनका क्रममा पानी उत्पादक र वितरकहरूलाई मापदण्डविपरीतका जार बिक्री-वितरण नगर्न, लेबल स्पष्ट राख्न, कम्पनीले जारी गरेको बिल/बिजक गाडीमै बोकेर हिँड्न र पानीको गुणस्तरप्रति संवेदनशील हुन निर्देशन दिइएको छ। महानगरपालिकाले नागरिकको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै यस्ता अनुगमन कार्यलाई निरन्तरता दिने जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend