२०८३, आश्विन १९ गते

images

पत्रकार महासंघको चुनाव असार २२ मा

पत्रकार महासंघको चुनाव असार २२ मा

सीएनएन खबर
शनिवार, आषाढ ८ २०८११२:१२
सीएनएन खबर
शनिवार, आषाढ ८ २०८११२:१२
  • images

    काठमाडौं । नेपाल पत्रकार महासंघको चुनाव यही असार २२ गते हुने भएको छ । 

    महासंघको केन्द्रीय निर्वाचन समितिले शुक्रबार राती सार्वजनिक गरेको कार्यतालिकाअनुसार असार २२ गते बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्ने कार्यतालिका रहेको छ । 

    सूचना निकाल्ना साथ महासंघले हिजै मतदाता नामावली प्रकाशन गरी मतदाता नामावलीमा दाबी विरोध गर्न १० गते बिहान १० बजे सम्मको समयावधी तोकेको छ । 

    अन्तिम नामावली भने १२ गते अपराह्न ४ बजे प्रकाशन गरिने जनाएको छ । 

    यस्तै, उम्मेदवारको मनोनयन दर्ता नामावली प्रकाशन असार १३ गते गरिने महासंघले जनाएको छ। उम्मेदवारको अन्तिम नामावली असार १५ गते प्रकाशन गरिनेछ। 

    यसअघि जेठ २६ गते हुने भनिएको चुनाव मतदाता नामावलीका विषयमा उत्पन्न विवादका कारण रोकिएको थियो । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend