२०८३, आश्विन १९ गते

images
  • समाचार
  • तीजमा पशुपतिनाथमा हजारौँ भक्तजनको घुइँचो, डेढ...

तीजमा पशुपतिनाथमा हजारौँ भक्तजनको घुइँचो, डेढ घण्टाभित्र दर्शन सकिने व्यवस्था

तीजमा पशुपतिनाथमा हजारौँ भक्तजनको घुइँचो, डेढ घण्टाभित्र दर्शन सकिने व्यवस्था

तीजमा पशुपतिनाथमा भीड, सशस्त्र प्रहरीका ७ सय जनशक्ति खटाइयो

मंगलवार, भाद्र १० २०८२०८:३४
मंगलवार, भाद्र १० २०८२०८:३४
  • images

    काठमाडौं । हिन्दू महिलाहरुको विशेष पर्व हरितालिका तीजको अवसरमा आज ९मंगलबार० पशुपतिनाथ मन्दिरमा दर्शनार्थीहरुको ठूलो भीड लागेको छ। बिहान ३ बजेदेखि नै पशुपति मन्दिरका चारवटै मूल ढोका खुला गरिएको छ भने दर्शनका लागि बाहिर चार र भित्र आठवटा लाइनको व्यवस्थापन गरिएको छ।

    पशुपति क्षेत्र विकास कोषले एकदेखि डेढ घण्टाभित्र सहज रूपमा दर्शन सकेर फर्कन सकिने व्यवस्था गरेको जानकारी दिएको छ। कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले चर्को घाममा लामो समय लाइन बस्न नपरोस् भन्ने उद्देश्यले दर्शन प्रक्रिया छिटो सकिने गरी व्यवस्था मिलाइएको बताए।

    कोषकी सूचना अधिकारी अनिता भट्टका अनुसार गौरीघाट, मित्रपार्क, पिंगलास्थान र तिलगंगा क्षेत्र हुँदै चारवटा प्रवेश मार्ग तोकिएको छ। मन्दिर प्रांगणभित्र आठवटा लाइनमार्फत दर्शन गर्न सकिने व्यवस्था गरिएको छ। मन्दिर प्रवेशपछि दर्शन गरी फर्किने क्रममा जुत्ता–चप्पल उठाउने छुट्टाछुट्टै कक्ष निर्माण गरिएको छ भने पश्चिम मूलढोका बाहिर चन्दन वितरण केन्द्रहरु समेत स्थापना गरिएको छ।

    badri-pandey_3QAtWqvjVq.jpgसुरक्षा व्यवस्थालाई सुदृढ बनाउँदै सशस्त्र प्रहरी बल नेपालका ७ सय जनशक्ति खटाइएको छ। तीमध्ये १५० जना महिला प्रहरी छन्। साथै, एम्बुलेन्स र स्वास्थ्यकर्मीको टोली समेत तयारी अवस्थामा राखिएको छ। सशस्त्र प्रहरी उपरीक्षक जीवन केसीको कमाण्डमा विशेष सुरक्षा टोली परिचालन गरिएको हो।

    यता, कोषले भक्तजनलाई बहुमूल्य गरगहना नलगाई तथा बालबालिका साथमा नल्याई मन्दिर दर्शनमा आउन अनुरोध गरेको छ। मेलामा स्वयंसेवकहरु पनि बाहिरी भागमा खटाइएको जनाइएको छ।

    तीजको पहिलो दिन सोमबार दर खाएकी महिलाहरुले आज निराहार व्रत बसेर भगवान् शिवको पूजा आराधना गरिरहेका छन्। बुधबार गणेश चतुर्थी पर्व मनाइनेछ भने बिहीबार सप्तऋषि पूजासँगै तीजको समापन हुनेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend