२०८३, आश्विन १९ गते

images
  • समाचार
  • दोलखामा दुई मोटरसाइकल ठोक्किँदा स्ववियु सभापति...

दोलखामा दुई मोटरसाइकल ठोक्किँदा स्ववियु सभापति सहित दुई जनाको मृत्यु, एक घाइते

दोलखामा दुई मोटरसाइकल ठोक्किँदा स्ववियु सभापति सहित दुई जनाको मृत्यु, एक घाइते

बुधवार, भाद्र ११ २०८२०९:०९
बुधवार, भाद्र ११ २०८२०९:०९
  • images

    काठमाडौँ । दोलखाको भीमेश्वर नगरपालिका–६ स्थित रमितेडाँडामा गएराति भएको दुई मोटरसाइकलबीचको ठोक्काइमा गौरीशङ्कर बहुमुखी क्याम्पसका स्ववियु सभापति शिरिस बस्नेतसहित दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

    दोलखा जिल्ला प्रहरी कार्यालयका अनुसार राति करिब साढे ९ बजे बा ५३ प ८८९९ नम्बरको मोटरसाइकल र बा प्र-०२–०३४ प ३२४२ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा परेका २४ वर्षीय शिरिस बस्नेत र उनको पछाडि सवार २६ वर्षीय श्याम बहादुर खत्री (सुजन) गम्भीर घाइते भएका थिए। उपचारका लागि चरिकोटस्थित च्छोरोल्पा अस्पताल लगिएको भए पनि दुबै जनाको ज्यान जोगाउन सकिएन।

    शिरिस बस्नेत भीमेश्वर नगरपालिका–५, माटीका स्थानीय बासिन्दा थिए। उनी हालै सम्पन्न स्ववियु निर्वाचनमा अनेरास्ववियु र क्रान्तिकारी गठबन्धनको तर्फबाट सभापति पदमा विजयी भएका थिए। मृतक खत्री बैतेश्वर गाउँपालिका–३, मिर्गेका बासिन्दा थिए।

    दुर्घटनामा बा-प्र-०२–०३४ प ३२४२ नम्बरको मोटरसाइकल चलाएका बैतेश्वर गाउँपालिका–५ का २५ वर्षीय निर्मल खड्का सामान्य घाइते भएका छन्। उनलाई प्रहरी नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाका इन्स्पेक्टर श्रीराम तिमल्सिनाले जानकारी दिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend