२०८३, आश्विन २० गते

images

‘मुस्ताङ गोल्ड’ मदिरामा झिँगा भेटिएपछि उद्योगमाथि कारबाही, २ लाख जरिवाना

‘मुस्ताङ गोल्ड’ मदिरामा झिँगा भेटिएपछि उद्योगमाथि कारबाही, २ लाख जरिवाना

बुधवार, भाद्र ११ २०८२०४:०६
बुधवार, भाद्र ११ २०८२०४:०६
  • images

    काठमाडौं । काठमाडौं महानगरपालिकाले धनुषा डिस्टिलरी प्रालिद्वारा उत्पादित ‘मुस्ताङ गोल्ड’ नामक अल्कोहलजन्य पेय पदार्थमा अखाद्य वस्तु फेला परेको भन्दै उद्योगमाथि कारबाही गरेको छ।

    सिलबन्दी अवस्थामा बजारमा बिक्री वितरण भइरहेको उक्त मदिरामा झिँगा जस्तो अखाद्य पदार्थ भेटिएको थियो। मापदण्ड विपरीत उत्पादन भएको ठहर गर्दै महानगरले कम्पनीलाई २ लाख रुपैयाँ जरिवाना गरेको हो।

    महानगरका अनुसार भदौ ४ मा उपभोक्ताले स्वयम् महानगर प्रहरी बलमा आएर उक्त मदिरामा झिँगा भेटिएको गुनासो गरेका थिए। त्यसपछि विभागले नमुना सङ्कलन गरी भौतिक परीक्षण गर्दा सिलबन्दी बोतलभित्र अखाद्य तत्त्व फेला परेको पुष्टि भएको छ।

    जाँचका क्रममा काठमाडौं महानगरपालिकाको बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७५ को दफा १०(३)(ढ) अनुसार यो कार्य ‘अनुचित व्यापारिक गतिविधि’ मानिएको छ। साथै, ऐनको दफा २९(घ) र दफा ३०(१)(ख) अनुसार धनुषा डिस्टिलरी प्रालिले कानुन उल्लङ्घन गरेको ठहर गरिएको छ।

    महानगरको कृषि तथा पशुपक्षी विभागका अनुसार जरिवाना रकम काठमाडौं महानगरपालिकाको राजस्व खातामा जम्मा भएपछि सोको विवरण विभागमा पेश गर्नुपर्नेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend