काठमाडौं ।सरकारले प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली भदौ १४ देखि १८ सम्म चीन भ्रमण गर्ने तालिका सार्वजनिक गरेको छ। परराष्ट्र मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गरी तालिका सार्वजनिक गरेको हो।
ओली सांघाइ सहयोग संगठन ९एससीओ०को शिखर सम्मेलनमा भाग लिन चीन जान लागेका हुन्। उनले चिनियाँ राष्ट्रपति महामहिम चिनफिङसँग पनि भेटवार्ता गर्ने छन्। त्यस्तै उपराष्ट्रपति महामहिम हान झेङसँग भेटवार्ता गर्ने कार्यक्रम छ।
ओलीले सेप्टेम्बर १ मा तियानजिनमा आयोजित एससीओ प्लस समिट लाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। साथै, शिखर सम्मेलनको अवसरमा उनले सहभागी अन्य विश्व नेताहरूसँग समेत भेटवार्ता गर्ने छन्।

