२०८३, आश्विन १९ गते

images

धादिङको थाक्रेमा पहिरो, काठमाडौं–मुग्लिङ सडकखण्ड अवरुद्ध

धादिङको थाक्रेमा पहिरो, काठमाडौं–मुग्लिङ सडकखण्ड अवरुद्ध

सीएनएन खबर
बिहिवार, भाद्र १२ २०८२०६:५२
सीएनएन खबर
बिहिवार, भाद्र १२ २०८२०६:५२
  • images

    काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिकाको सातकिलो भन्ने ठाउँमा पहिरो खसेपछि काठमाडौं–मुग्लिङ सडकखण्ड दुईतर्फी नै अवरुद्ध भएको छ ।

    पछिल्लोपटक आज बिहान साढे तीन बजेतिर पहिरो खसेर दुईतर्फी सडक अवरुद्ध भएको हो । सोही स्थानमा गएराति पनि एकपटक पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।

    राति खसेको पहिरो पन्छाएर केही घण्टा सवारी साधन चले पनि आज बिहान पुन: खसेको पहिरोले दुईतर्फी नै सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डिएसपी सुवास हमालले जानकारी दिए ।उनका अनुसार पहिरो पन्छाउने काम भइरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend