काठमाडौं । पछिल्लो तीन महिनामा विपद्मा परेर ६३ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मनसुनको पछिल्लो तीन महिना (१५ जेठदेखि १० भदौ)मा विपद्मा परेर ६३ जनाको ज्यान गएको छ भने २२ जना बेपत्ता भएका छन् । सो अवधिमा विपद्मा परेर १६७ जना घाइते भएको प्राधिकरणले उल्लेख गरेको छ ।

