२०८३, आश्विन २० गते

images
  • समाचार
  • काठमाडौंको जडिबुटीमा स्कुटर दुर्घटना हुँदा दुई...

काठमाडौंको जडिबुटीमा स्कुटर दुर्घटना हुँदा दुई युवाको मृत्यु

काठमाडौंको जडिबुटीमा स्कुटर दुर्घटना हुँदा दुई युवाको मृत्यु

सीएनएन खबर
शुक्रवार, भाद्र १३ २०८२०७:४०
सीएनएन खबर
शुक्रवार, भाद्र १३ २०८२०७:४०
  • images

    काठमाडौं । काठमाडौंको जडिबुटीमा आज बिहान बससँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु भएको छ । आज बिहान करिब पौने तीन बजेतिर जडिबुटीको आकासे पुल नजिकै रोकिराखेको बागमती प्रदेश ०१–००६ ख ४२४३ नम्बरको बसमा कोटेश्वरबाट जडिबुटीतर्फ जाँदै गरेको लु ४३ प ४९३८ नम्बरको स्कुटर ठोक्किएर दुर्घटना भएको थियो ।

    दुर्घटनामा स्कुटर चालक पश्चिम नवलपरासीको सुनवल नगरपालिका १ घर भई हाल भक्तपुरको लोकन्थली बस्ने २२ वर्षीय शिरिस पौडेल र काभ्रेको पाचँखाल–२ होक्से घर भएका २३ वर्षका नितेश नेपालको मृत्यु भएको हो ।

    उनीहरूको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा मृत्यु भएको प्रहरीले जनाएको छ । बस चालक प्रहरी नियन्त्रणमा छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend