२०८३, आश्विन २० गते

images
  • समाचार
  • १२२ उपसचिव र ९७ शाखा अधिकृतको...

१२२ उपसचिव र ९७ शाखा अधिकृतको सरुवा, सबै पालिकामा स्थायी प्रशासकीय प्रमुख

१२२ उपसचिव र ९७ शाखा अधिकृतको सरुवा, सबै पालिकामा स्थायी प्रशासकीय प्रमुख

शुक्रवार, भाद्र १३ २०८२०७:४६
शुक्रवार, भाद्र १३ २०८२०७:४६
  • images

    काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहमा स्थायी नेतृत्व सुनिश्चित गर्न १२२ जना उपसचिव र ९७ जना शाखा अधिकृतको एकैपटक सरुवा गरेको छ। तीमध्ये अधिकांशलाई गाउँपालिका र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएको छ।

    मन्त्री भगवती न्यौपानेका अनुसार, अब देशभरका कुनै पनि पालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालनमा छैनन्। उनका अनुसार, पहिलोपटक ७५३ वटै पालिकामा दरबन्दीअनुसारको प्रमुख प्रशासकीय अधिकृत नियुक्त भइसकेको छ।

    पूर्वाधार, अनुभव, र पारदर्शितालाई प्राथमिकता दिँदै गरिएको सरुवामा मन्त्रालय वा उपत्यकाभित्र सीमित रही काम गरिरहेका, स्थानीय तहमा अनुभव नभएका, प्रदेश वा अतिरिक्त समूहमा रहेका कर्मचारीलाई प्राथमिकता दिइएको छ।

    मन्त्री न्यौपानेले आफ्नो नेतृत्वमा निमित्तको भरमा पालिका चलाउने परिपाटी अन्त्य भएको दाबी गर्दै स्थायित्व, जवाफदेहिता र प्रभावकारी सेवा प्रवाहको नयाँ युग सुरु भएको बताएकी छन्।

    मन्त्रालयले दरबन्दीअनुसार खटाएका अधिकृतहरूले अब पूर्ण प्रशासनिक र आर्थिक जिम्मेवारी वहन गर्ने छन् भने निमित्त अधिकृतहरूको जिम्मेवारी स्वतः अन्त्य भएको छ।

    साथै, बाँकी रहेका ९ उपमहानगरपालिका र १ महानगरपालिकामा पनि छिट्टै सहसचिवस्तरको प्रमुख प्रशासकीय अधिकृत पठाउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend