२०८३, आश्विन १९ गते

images
  • समाचार
  • चन्द्रकुवेर खापुङ नेपाल प्रहरीको ३२औं महानिरीक्षकमा...

चन्द्रकुवेर खापुङ नेपाल प्रहरीको ३२औं महानिरीक्षकमा नियुक्त

चन्द्रकुवेर खापुङ नेपाल प्रहरीको ३२औं महानिरीक्षकमा नियुक्त

शुक्रवार, भाद्र १३ २०८२१२:४४
शुक्रवार, भाद्र १३ २०८२१२:४४
  • images

    काठमाण्डौं । नेपाल सरकारले चन्द्रकुवेर खापुङलाई नेपाल प्रहरीको नयाँ महानिरीक्षक (आईजीपी) मा नियुक्त गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ १९ गतेदेखि लागू हुने गरी उनलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको हो।

    हालका प्रहरी महानिरीक्षक दिपक थापा भदौ १८ गते राति १२ बजेदेखि अनिवार्य अवकाशमा जाने तय भएको छ। त्यसअगावै प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण तय भएकाले मन्त्रिपरिषद्ले नयाँ नेतृत्व टुंगो लगाएको हो।

    खापुङ हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० का प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका छन्। उनी र हालका आईजीपी थापा एकै ब्याचका अफिसर हुन्, जसले २०५१ साल चैत ५ गते पहिलोपटक इन्स्पेक्टरका रूपमा नियुक्ति पाएका थिए।

    तीन चरणमा इन्स्पेक्टर पदमा नियुक्ति पाएका सो ब्याचका अधिकृतमध्ये खापुङ अन्तिम लटका हुन्। उनीसँगै नियुक्त भएका एआईजी लालमणि आचार्य र कृष्णहरि शर्मा पोखरेल उमेर हदम्यादका कारण अवकाशको प्रक्रियामा छन्। यसैले खापुङ आईजीपी पदका एकल प्रतिस्पर्धी बनेका थिए।

    यदि उनको कार्यकालमा नयाँ प्रहरी ऐन लागू भयो भने उनी हालको प्रावधानअनुसार ६ महिना कार्यकाल थप गर्न योग्य हुनेछन्। नत्र भने ३० वर्षे सेवा अवधिका कारण आगामी कात्तिक २६ गते अनिवार्य अवकाशमा जानेछन्।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend