२०८३, आश्विन २१ गते

images

लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुखको निधन

लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुखको निधन

सीएनएन खबर
शनिवार, भाद्र १४ २०८२१२:३३
सीएनएन खबर
शनिवार, भाद्र १४ २०८२१२:३३
  • images

    काठमाडौँ । लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्दिन मुसलमानको निधन भएको छ । लामो समयदेखि मुटु रोगबाट बिरामी रहनुभएका मुसलमानको आज बिहान ९ बजे हृदयाघातका कारण उहाँकै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । 

    परम्परागत रूपमा आज साँझ ५ः०० बजे स्थानीय कब्रिस्तानमा उहाँको अन्त्येष्टि गरिने लुम्बिनी सांस्कृतिक नगरपालिकाका समन्वयकर्ता तुलसीराम लामिछानेले जानकारी दिए । 

    सजरुद्दिन नेपाली कांग्रेसको तर्फबाट लुम्बिनी सांस्कृतिक नगरपालिकामा निर्वाचित थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend