२०८३, आश्विन २० गते

images

४ बुँदे सहमतिसँगै तत्काललाई टर्‍यो अनलाइन दर्ता र नवीकरण अन्योल

४ बुँदे सहमतिसँगै तत्काललाई टर्‍यो अनलाइन दर्ता र नवीकरण अन्योल

आइतवार, भाद्र १५ २०८२०१:५३
आइतवार, भाद्र १५ २०८२०१:५३
  • images

    काठमाडौं । अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण केही दिनदेखि देखिएको अन्यौल तत्काललाई टरेको छ । सञ्चार मन्त्रालयका अधिकारी र नेपाल पत्रकार महासंघबीच ४ बुँदे सहमतिसँगै मन्त्रालयले अर्को व्यवस्था नभएसम्मलाई हाललाई स्थगित अनलाइन सूचीकरण प्रेस काउन्सिल नेपाल र नेपाल विज्ञापन बोर्डले यथावत राख्न पत्राचार गर्ने भएको छ ।

    साथै नयाँ सञ्चारमाध्यम दर्ताका लागि प्राप्त भएका निवेदन सूचना तथा प्रसारण विभागले क्रमसंख्या उल्लेख गरी संकलन गर्ने सहमतिमा उल्लेख छ ।

    यसअघि अनलाइन सञ्चारमाध्यमको अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिने गरी कानून संशोधन भएपछि पत्रकार महासंघ र पत्रकार सम्वद्ध अन्य संघ संगठनले विरोध जनाएका थिए । महासंघले सञ्चारमन्त्रीलाई केही माग राख्दै अल्टिमेटमसहित दिएको थियो ।

    सरकारले छापाखाना तथा प्रकाशनसम्बन्धी ऐनमा संशोधनपछि गएको साउन २० गतेदेखि अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरणको काम रोकिएको छ ।

    sahamait.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend