२०८३, आश्विन २० गते

images

चिनियाँ राष्ट्रपति सी : ‘शीतयुद्ध मानसिकता’ अस्वीकार, एआईमा एससीओ सदस्य राष्ट्रसँग सहकार्य आवश्यक

चिनियाँ राष्ट्रपति सी : ‘शीतयुद्ध मानसिकता’ अस्वीकार, एआईमा एससीओ सदस्य राष्ट्रसँग सहकार्य आवश्यक

सीएनएन खबर
सोमवार, भाद्र १६ २०८२१२:२१
सीएनएन खबर
सोमवार, भाद्र १६ २०८२१२:२१
  • images

    चीन । चिनियाँ राष्ट्रपति सी जिनपिङले सोमबार शाङ्घाई सहयोग संगठन (एससीओ) का सदस्य राष्ट्रहरूलाई कृत्रिम बौद्धिकता (AI) क्षेत्रमा सहकार्य गर्न आह्वान गरेका छन्। उनले भनेका छन्, “‘शीतयुद्ध मानसिकता’लाई अब अस्वीकार गर्नुपर्छ।”

    आजसम्मकै ठूलो भनिएको एससीओ शिखर सम्मेलन तियानजिनमा आयोजना भएको थियो, जसमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित २० भन्दा बढी विदेशी नेताहरू सहभागी थिए। चीनले आफूलाई वैश्विक शान्तिदूतको रूपमा प्रस्तुत गर्ने प्रयास गरिरहेको पृष्ठभूमिमा बैठक भएको हो, जबकि अमेरिका-चीन व्यापारिक तनाव, युक्रेन-रुस युद्ध र इजरायल-हमास द्वन्द्व जारी छ।

    सीले बैठकमा चीनले एससीओका अन्य मुलुकहरूमा ८४ अर्ब डलर लगानी गरिसकेको छ, उनले उल्लेख गरे । बेइजिङको ‘लुबान’ व्यावसायिक शिक्षा कार्यक्रममा १० हजार विद्यार्थीलाई सहभागी गराउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले भने, “यस शिखर सम्मेलनले गुणस्तरीय विकास र सहकार्यको नयाँ चरण सुरु गर्ने अवसर प्रदान गर्नेछ।”

    उनको सम्बोधन अघि मोदी र पुटिनसहित अन्य सदस्य राष्ट्रसँग समूह तस्बिर पनि खिचिएको थियो। यसै हप्तामा सी र पुटिनबीच द्विपक्षीय भेट हुने अपेक्षा गरिएको छ।

    चीन–भारत सम्बन्ध सुधारले बेइजिङको प्रभाव बलियो बनाउन सक्छ। जियोम्याक्रो स्ट्राटेजीका रणनीतिकार मार्को पापिकका अनुसार, “भारतसँगको सम्बन्ध सुधारले औद्योगिकीकरण र उत्पादन वृद्धि गर्न आवश्यक बौद्धिक सम्पत्तिमा पहुँच दिन्छ। तर दीर्घकालीन रूपमा अमेरिकाले चीनलाई समस्या सृजकको रूपमा चित्रित गर्ने प्रचार युद्ध हार्दै गएको छ।”

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend