२०८३, आश्विन २० गते

images

भदौ २२ गते खग्रास चन्द्रग्रहण, साढे तीन घण्टा देखिने

भदौ २२ गते खग्रास चन्द्रग्रहण, साढे तीन घण्टा देखिने

सोमवार, भाद्र १६ २०८२०१:४४
सोमवार, भाद्र १६ २०८२०१:४४
  • images

    काठमाडौँ । भदौ २२ गते आइतबार भाद्र शुक्ल पूर्णिमाका दिन खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लाग्ने भएको छ।

    नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यो वर्षको पहिलो ग्रहण नेपालबाट पूर्णरूपमा देखिनेछ। समितिले स्वीकृति दिएको पात्रो (पञ्चाङ्ग) अनुसार चन्द्रग्रहण राति १० बजेर ११ मिनेटमा स्पर्श गर्नेछ।

    राति ११ः५६ मा ग्रहणको मध्य रहनेछ भने राति १ः४१ बजे समाप्त हुनेछ। यसरी चन्द्रग्रहण करिब साढे तीन घण्टासम्म काठमाडौँबाट अवलोकन गर्न सकिने समितिका पूर्वअध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए।

    यस वर्ष दोस्रो पटक फाल्गुन शुक्ल पूर्णिमामा खण्डग्रास चन्द्रग्रहण पनि लाग्नेछ। धार्मिक दृष्टिले ग्रहणको समयमा केही नियम पालन गर्ने परम्परा छ। अधिकारीका अनुसार भदौ २२ गते दिउँसो १ः११ बजेपछि बालबालिका, वृद्धवृद्धा र बिरामीबाहेक अरुले भोजन नगर्न शास्त्रीय रूपमा भनिएको छ। चन्द्रग्रहण सामान्यतया पूर्णिमा तिथिमा र सूर्यग्रहण औँसी तिथिमा लाग्ने धार्मिक शास्त्रमा उल्लेख गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend