२०८३, आश्विन २० गते

images

मनाङमा उपनिर्वाचन : १९ देखि २५ गतेसम्म दल दर्ता

मनाङमा उपनिर्वाचन : १९ देखि २५ गतेसम्म दल दर्ता

मंगलवार, भाद्र १७ २०८२०१:५३
मंगलवार, भाद्र १७ २०८२०१:५३
  • images

    काठमाडौं । निर्वाचन आयोगले गण्डकी प्रदेशको मनाङ प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि दल दर्ता प्रक्रिया सुरु गर्ने भएको छ। आयोगले सोमबार सूचना जारी गर्दै आगामी भदौ १९ गतेदेखि २५ गतेसम्म निर्वाचन प्रयोजनका लागि राजनीतिक दलहरूले दल दर्ता निवेदन दिनुपर्ने जनाएको हो।

    मनाङ–२ बाट निर्वाचित प्रदेशसभा सदस्य पद रिक्त भएपछि आगामी कात्तिक १७ गते उपनिर्वाचन हुने तय भएको छ। पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत हुने सो निर्वाचनमा भाग लिन आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूले संविधान र राजनीतिक दलसम्बन्धी ऐनअनुसार निवेदन दिनुपर्नेछ।

    आयोगका अनुसार दल दर्ताका लागि निवेदन दिँदा राजनीतिक दलसम्बन्धी नियमावलीमा तोकिएको ढाँचामा निवेदन तयार पार्नुपर्नेछ। साथै, दलको पूरा र संक्षिप्त नाम, स्थापना मिति, आयोगमा दर्ता भएको मिति, केन्द्रीय कार्यालय र पत्राचार गर्ने ठेगाना, टेलिफोन नम्बर, इमेललगायत सम्पूर्ण विवरण समावेश गर्नुपर्नेछ।

    त्यस्तै, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश तथा जिल्ला समितिका पदाधिकारीहरूको विवरण, पछिल्लो वार्षिक लेखापरीक्षण प्रतिवेदन पेस गरेको मिति, साथै उपनिर्वाचन प्रयोजनका लागि दल दर्ता र उम्मेदवार मनोनयनको औपचारिक पत्र दिन केन्द्रीय समितिले गरेको निर्णयको प्रतिलिपि पनि संलग्न गर्नुपर्ने आयोगले जनाएको छ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend