२०८३, आश्विन २० गते

images

गोंगबुको एक घरमा प्रहरीको छापा, चार करोडसहित एक जना पक्राउ

गोंगबुको एक घरमा प्रहरीको छापा, चार करोडसहित एक जना पक्राउ

मंगलवार, भाद्र १७ २०८२०५:११
मंगलवार, भाद्र १७ २०८२०५:११
  • images

    काठमाडौं । करोडौं बराबरको अवैध रकम लुकाएको आरोपमा नेपाल प्रहरीले गोंगबुको एक घरमा छापा मारेको छ । ठूलो मात्रामा अवैध रकम लुकाएर राखेको सूचना पाएको प्रहरीले विशेय अप्रेशनका रुपमा छापा मारेको हो । 

    प्रहरीका अनुसार विनोद श्रेष्ठको घरमा मंगलबार छापा मारिएकोमा चार करोड बढी रकम बरामद गरेको छ । साथै उक्त घरबाट केही परिमाणमा सुनसमेत बरामद भएको छ । यद्यपि प्रहरीले बरामद गरेको रकम र सुनको परिमाण ठ्याक्कै कति हो भन्ने विवरण भने खुलाएको छैन । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend