२०८३, आश्विन २० गते

images

राक्सिराङ गाउँपालिकामा  तीन दिन सार्वजनिक बिदा

राक्सिराङ गाउँपालिकामा  तीन दिन सार्वजनिक बिदा

मंगलवार, भाद्र १७ २०८२०७:४४
मंगलवार, भाद्र १७ २०८२०७:४४
  • images

    काठमाडौं । चेपाङ समुदायको प्रमुख पर्व न्वागी (छोनाम) को अवसरमा मकवानपुरको राक्सिराङ गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गाउँपालिकाको अध्यक्ष राजकुमार मल्लले मंगलबार सूचना जारी गर्दै भदौ २१, २२ र २३ गते गाउँपालिका क्षेत्रभित्रका सम्पूर्ण सरकारी कार्यालय र शिक्षण संस्था बन्द रहने बताएका छन्।

    नेपालको बहुजातीय, बहुभाषिक, बहु–धार्मिक र बहुसांस्कृतिक पहिचानलाई मजबुत बनाउन यस्ता पर्वहरूले योगदान पुर्‍याउने भन्दै अध्यक्ष मल्लले चेपाङ समुदायसहित सम्पूर्ण राक्सिराङ्गवासी तथा देश–विदेशमा रहेका समुदायजनलाई सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै तीन दिन सार्वजनिक बिदा दिइने निर्णय गरिएको बताएका छन्। 

    न्वागी पर्वलाई चेपाङ समुदायले वर्षेनी नयाँ अन्न भगवानलाई अर्पण गरी हर्षोल्लासपूर्वक मनाउने परम्परा रहेको छ। मकवानपुरको राक्सिराङ गाउँपालिका चेपाङ समुदायको उलेख्य बसोबास छ।राष्ट्रिय जनगणना २०७८ अनुसार यस गाउँपालिकाभर मानिसको जनसंख्या २५ हजार ९९६ छ। त्यसमा चेपाङ समुदायको बसोबास प्रतिशतको आधारमा दोस्रो स्थानमा छ।

    पहिलो तामाङ समुदाय ४६.२५ प्रतिशत रहेको यस गाउँपालिकामा चेपाङ समुदाय ४३.९६ प्रतिशतको बसोबास छ।

    यही भदौ २२ गते न्वागी पर्वका दिन बागमती प्रदेश सरकारले चेपाङ समुदायको बसोबास रहेको चितवन, मकवानुर र धादिङमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend