२०८३, आश्विन २० गते

images

एलएस अटोको ‘फेस्टिभ अफर’ सार्वजनिक, ८ लाखसम्म छुट पाइने

एलएस अटोको ‘फेस्टिभ अफर’ सार्वजनिक, ८ लाखसम्म छुट पाइने

बुधवार, भाद्र १८ २०८२११:३८
बुधवार, भाद्र १८ २०८२११:३८
  • images

    काठमाडौँ । एलएस अटोको नेपाली आधिकारिक आयातकर्ता कम्पनी ब्लू कर्पोरेशनले चाडपर्व लक्षित गर्दै ‘फेस्टिभ अफर’ ल्याएको छ । 

    नजिकिँदै गरेको दशैंतिहार लक्षित गर्दै ल्याएको यो अफरमा रहेर गाडी किन्दा न्यूनतम डाउन पेमेन्टको सुविधादेखि उपहार तथा नगदमा छुट दिइने भएको हो ।

    विभिन्न छुट र बोनसको समावेशसहित गाडीको खरिदमा कुल ८ लाख रुपैयाँसम्मको लाभ लिन सक्ने गरी फेस्टिभ अफर आएको कम्पनीका महाप्रबन्धक नविन फुयाँलले जानकारी दिए । कम्पनीले बिक्री गर्दै आएको ‘एलईभी–०१’ गाडी ग्राहकहरूले यो अफर अन्तर्गत केवल २० प्रतिशतको डाउन पेमेन्टमा घर लैजान सक्नेछन् ।

    साथै कम्पनीका महाप्रबन्धक नविन फुयाँलले भने दशैंतिहारमा गाडी खरिद गर्ने सोच बनाएका ग्राहकहरूका लागि निकै उपयुक्त यो अफर रहेको बताए । उनका अनुसार यस अफर अन्तर्गत गाडी किन्ने ग्राहकका जोडिले निःशुल्क ५ रात ६ दिनको सिङ्गापुर र मलेसिया घुम्ने अवसर प्राप्त गर्नेछन् ।

    यस्तै, फेस्टिभ अफरमा कम्पनीले १ लाखको नगद छुट, १ लाख रुपियाँको एक्सचेञ्ज बोनस, निःशुल्क बीमा सुविधाको पनि प्रदान गरेको छ । कम्पनीका अनुसार यही अफर भित्र गाडी किन्दा १० किलो क्षमताको वाशिङ मेसिन निःशुल्क दिइने बताइएको छ ।

    कम्पनीले यो अफर सीमित समयको लागि मात्र रहेको जानकारी दिँदै इच्छुक ग्राहकहरूलाई नजिकको शोरुमा सम्पर्क गरी यसको लाभ लिन सकिने बताएको छ । नेपाली बजारमा छोटो समयमै लोकप्रिय बन्न सफल गाडी एलईभी–०१ हो । दमदार प्रर्फर्मेन्सले सुसज्जित यो गाडीमा ६७।१२ किलोवाट आवरको ब्याट्री क्षमता छ । ५०० किलोमिटर भन्दा बढी एक पटकको फुल चार्जमा कुदाउन सकिने यो गाडीको ग्राउन्ड क्लियरेन्स २१० मिमि रहेको छ ।

    ‘गाडीको खरिद गर्ने ग्राहकलाई सहजीकरणको उद्देश्य राखी यो अफर सार्वजनिक गरेका हौँ, यो अफरको लाभ लिन सक्ने अवसर नेपालीहरूको महान् चाडले जुराई सकेको छ, ‘महाप्रबन्धक फुयाँलले भने, ‘दशैंतिहारले मात्रै होइन, यस पटक एलएस अटोको गाडी खरिदमा राखिएको अफरमा हर्ष पाउनु हुनेछ ।’

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend