काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो औपचारिक चीन भ्रमण सकेर आज स्वदेश प्रस्थान गरेका छन्। गत शनिबार बेइजिङ प्रस्थान गरेका ओली आज बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल फर्किएका हुन्।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलका अनुसार, प्रधानमन्त्री आज साँझ साढे ८ बजे काठमाडौं आइपुग्ने अपेक्षा गरिएको छ।
ओलीले आफ्नो चीन भ्रमणको क्रममा शांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिएका थिए। सम्मेलनमा उनले चिनियाँ राष्ट्रपति सी जिनपिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग द्विपक्षीय भेटवार्ता गरेका छन्।
त्यस्तै, सम्मेलनकै अवसरमा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटे, यद्यपि मोदीसँगको द्विपक्षीय भेटवार्ता भने भएको छैन।

